जिल्ला विपद् ब्यवस्थापन समिति बैठकः बढी,पहिरो लगाएतबाट पीडित ११५ घरपरिवारलाई राहात दिने निर्णय (निर्णयसहित)

| भदौ ९, २०७८ बुधबार

फाइल फोटोः खाँडादेवी पकरबासमा गएको पहिरो
A A A
A A A

०९ भदौ, रामेछाप । जिल्ला विपद् ब्यवस्थापन, समितिले जिल्लामा वर्खायाम सुरु भएयता बाढीपहिरोमा परि पीडित् भएकाहरुलाई राहात रकम प्रदान गर्ने भएको छ । 

 

 

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद्  ब्यवस्थापन समितिको बैठकले यस आर्थिक वर्षमा मनसुनजन्य एवं अन्य विपद्का कारण हालसम्म पीडित् बनेकाहरुलाई राहात रकम प्रदान गर्ने निर्णय गरेको हो । 

 


गत असार यता जिल्लामा बाढी, पहिरो, आगोलागि, लगाएबाट ११५ घरपरिवार पीडित् बनेको दर्ता भएको भन्दै उनीहरुलाई राहार स्वरुप प्रदान गर्ने रकम प्रदान गर्ने निर्णय गरिएको जारी निर्णयमा उल्लेख छ । 


यसरी नाम दर्ता गराउनेहरुलाई कूल ११ लाख ३६ हजार रुपैयाँ प्रदान गर्नु पर्ने देखिएको र सो रकम प्रदान गरिने निर्णय गरिएको हो ।  

निर्णय हेर्नुहोस्