पहिरोको उच्च जोखिम्मा रहेको दिमिपोखरीमा प्राविधिक विज्ञसहितको टोलीले स्थलगत निरिक्षण गर्ने

| भदौ ९, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

०९ भदौ,रामेछाप । रामेछापको सुनापति गाउँपालिकाको वडा नं २ दिमिपोखरी आँपबोट टोलमा विज्ञसहितको प्राविधिक टोलीले स्थलगल निरिक्षण गर्ने भएको छ । 

 

 

गत साउन १४,१५ र १६ गतेको अविरल वर्षाका कारण जमिन भासिएको उक्त स्थान अहिले पहिरोको उच्च जोखिम्मा छ । 

 


सो ठाउँमा ३० घरधुरी स्थान्तरण गर्न भन्दै जिल्ला विपद् ब्यवस्थापन, समितिमा पत्र पठाएका थिए ।

 

सो पत्रमाथि बुधबार बसेको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले साविकको दिमिपोखरी गाविसलाई पहिरोको जोखिम्मा रहेको भनि छलफल गरि प्राविधिक विज्ञसहितको टोलीले स्थलगत निरिक्षण गरि त्यहाँको अवस्था हेरि बस्ती स्थानान्तरणको लागि अनुरोध गर्ने निर्णय गरेको हो । 
 

निर्णय हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार