करिब १५ करोड लागतमा बन्ने मन्थली अस्पतालको शिलन्यास

| भदौ १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० भदौ,रामेछाप । मन्थली नगरपालिकामा १५ बेडको सुविधा सम्पन्न मन्थली अस्पताल निर्माणको कार्य अगाडि बढाइएको छ । प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीलाई स्तर उन्नती गर्दै स्थानीयहरुको माग र आवश्यकतालाई मध्यनजर गरि अस्पताल निर्मणाको काम अगाडि बढेको हो । जसअनुसार बिहिबार नगरपालिकाको वडा नं १ आकाशे प्राथामिक स्वास्थ्य केन्द्र जनिकै अस्पताल निर्माणको लागि शिलन्यास गरिएको छ । 

 


नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले भवनको शिलन्यास गरेका हुन् । नगरपालिकाले चालु आर्थिक वर्षमै समेटर प्राथामिक स्वास्थ्य केन्द्रलाई स्तर उन्नती गर्दै सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाभित्र सुविधा सम्पन्न १५ शैय्याको अस्पताल निर्माणको काम सुरुवात् गरिएको हो । 

 


जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मन्थलीले अन्तर्गत रहने गरि गत जेठ ३० गते सम्झौता गरि निर्माण कार्या सुरु गरिएको हो । 

 

१४ करोड ७५ लाख ७७ हजार ५ सय ७९ रुपैयाँ तीन पैसा लागत अनुमान गरिएको मन्थली प्राथमिक स्वास्थ्य केन्द्र २०७९ साल मंसिर ३० गते सम्पन्न गर्ने भनिएको छ।  


अस्पतालको निर्माण श्री गाल्वार लाल सुभ मेन्द्रो जेभी काठमाडौंले पाएको छ ।