गायक प्रकाश कटुवाल १८ महिना पछि थुना मुक्त

| भदौ १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० भदौ,रामेछाप । लोक दोहोरी गायक प्रकाश कटुवाल रिहा भएका छन् । उनी गत २०७६ साल फागुन ३० पुर्पक्षका लागि थुनामा पठाइएका थिए ।

 

होटल व्यवसायीमाथि आक्रमण गरेको आरोप लागेका लोकदोहोरी गायक कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

 

२०७६ साल फागुन २ गते बेलुका कटुवालसहित दुई जनाले होटल डाँफे डुम्रेका सञ्चालक लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोप लागेको थियो व्यवसायी गुरुङकी छोरी सोनिकाले फागुन ५ मा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएपछि प्रकाउ परेका कटुवाल बिहिबार थुनामुक्त भएको कलाकार विवश बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

१८ महिनादेखि थुनामा रहेका गायक कटुवाललाई बिहिबार जिल्ला अदालत लम्जुङ्ले निर्दोष साबित् गरेको गायक बिवसले रामेछाप टाइम्सलाई भने ।

 

उनका अनुसार गायक कटुवाल आज लम्जुङमै बस्ने र भोली काठमाडौं आउने बताएका छन् । 

 

रामेछापको कुँबुकास्थली घर भएका कटुवाल लोक दोहोरी कलाकारमा चिरपरिचित् नाम हो । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार