बाम्ती अस्पतालमा ए-क्सरे र भिडियो ए-क्सरे सेवा

| भदौ १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० भदौ,रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका २ बाम्ती अस्पतालमा ए-क्सरे मेसिन संचालनमा आउने भएको छ । त्यसको लागि अस्पतालमा एक्सरे मेसिन पुगिसकेको अस्पतालले रामेछाप टाइम्सलाई जानकारी दियो । 

 


लिखु खोलामा निर्माणाधिन जलविधुतरहाइड्रोपावर कम्पनी एम.भि.दुगड् डिभिजन काठमाडौंले सामाजिक उत्तरदायित्व अन्तर्गत बाम्तिभण्डार आधारभुत अस्पतालको लागि उच्च क्षमताको ए-क्सरे मेसिन उपलब्ध गराएको बताइएको छ । 

मेसिन संचालनमा आउने भएसंगै अस्पतालको सेवामा थप वृद्धि भएको छ । अब अस्पतालबाट ३ फेज लाईन र रेडियोलोजिष्टको व्यवस्ता स्थानीय सरकारले गर्ने तयारी गरिएको छ ।

 

'त्यसको लागि वडा कार्यालय र पालिकाले सहजिकरण गर्ने स्रोतले रामेछाप टाइम्ससंग भन्यो ।'

 

नेपाल सरकारबाट १० शैय्यामा पालिका स्तरिय आधारभूत अस्पतालमा स्तर उन्नती गरी ५ सय्याको एउटा भवन निर्माण भईसकेको छ भने १० सय्याको भवन निर्मानको लागी ठेक्का सम्पन्न भईसकेको छ । यसअघि गाउँपालिकाको सह्योगमा भिडिओ ए-क्सरे ल्याब संचालनमा आइसकेको छ । 

 


हाल कम्पनीबाट प्राप्त ए-क्सरे मेसिन पुगे पनी अस्पतालमा करारमा स्वास्थ्य सेवा विभागले पठाएको डाक्टर २ वर्ष सेवा गरि बिदा भइसकेका छन् ।

 

यसले सेवा सुचारु हुन समस्या हुने देखिएको छ । डाक्टर एक वर्षदेखि बिदा भएपछि गाउँपालिकाले पुःन स्वास्थ्यकर्मी राखन चासो नदिदा हाल सामाग्री पुगे पनि सेवा संचालनमा आउन समस्या आउनेदेखिएको छ । 
 


हाल त्यस क्षेत्रका मानिसहरु एक्सरे गर्नेको लागि सदरमुकाम मन्थली, छिमेकी जिल्ला दोलखाको जिरी लगाएत काठमाडौं धाउदै आएका छन् । सेवा गाउँमै पुगेसंगै स्थानीयलाई थप राहात हुने भएको छ । 

 

त्यस्तै बाम्तिभण्डार लुबुँमा संचालित् डेनि हेल्थ केयर एण्ड फार्मेसी प्रा‍.लिले पनि भिडियो एक्सरे सेवा सुचारु गरेको संचालक एवं चिकित्सक नगेन्द्र हमालले जानकारी दिए ।