नेपालथोकको कमेरेफाँटमा लेदोसहितको पहिरो खस्दा विपी राजमार्ग अबरुद्धः लेदो पन्छाईदै

| भदौ ११, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

भदौ, रामेछाप । लगातारको अबिरल वर्षाले विपी राजमार्गमा लेदोसहितको पहिरो खस्दा सडक अबरुद्ध भएको छ । 

 

 

आज बिहान ३ बजेतिरको समयम नेपालथोकदेखि २ किलोमिटर अगाडी कमेरेफाँट भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा सडक अबरुद्ध भएको त्यहाँका प्रहरी ईन्सपेक्टर अनिल राज गिरीले   रामेछाप टाइम्सलाई जानकारी दिए । 


सुनकोशी गाउँपालिका वडा नं २ मा कमेरेफाँटमा माथिबाट कमेरोको लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अबरुद्ध बनेको उनले बताए । 

 

ईन्स्पेक्टर गिरिले रामेछाप टाइम्ससंग भने 'कमेरे फाँटमा कमेरोको लेदो बगेर सडकमा आएको छ । बाटो पुरै बन्द छ । अहिले सडक डिभिजनको एउटा जेसिभिले लेदो पन्छादै केही गाडी पठाउने काम भैरहेको छ । सवारी एक-एक गरेर गठाउने काम पनि भैरहेको छ ।'

 

उनका अनुसार अहिले पहिरो पन्छाउन एउटा जेसिबी बिहानै देखि खटिएको छ । 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार