माओवादी केन्द्र रामेछापले भातृ संगठन विस्तामा तिवृताः दुई गाउँपालिका र एक नगरपालिकामा समिति गठन,

| भदौ १३, २०७८ आइतबार

तस्विर राम तामाङबाट प्राप्त
A A A
A A A

१३ भदौ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र रामेछापले भातृ संगठन विस्तारलाई तिवृता दिएको छ । जिल्लाका सबै स्थानीय तहमा संगठन विस्तार तथा सुध्रीढीकरण, समिति गठन, पदिय जिम्मेवारी हेरफेर गर्न लागेको पार्टीले शनिबार मन्थली नगरपालिकामा विशाल खत्रीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

 

हाल तीन वटा स्थानीय तहमा समिति गठन सकिएको पार्टीले जनाएको छ । बाँकि स्थानीय तहमा पनि भदौ भित्र गठन सकिने नेता राम तामाङ्ले रामेछाप टाइम्ससंग बताए । 

 

मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका र सुनापति गाउँपालिकामा समिति गठन गरिसकेको हो  ।


अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनको मन्थली नगर कमिटी उपाध्यक्षमा सबिता बस्याल र बिबेक बज्राचार्य चनय गरेको छ ।

 

त्यस्तै पुजन श्रेष्ठ सचिवमा चयन भएका छन् । भने राज तोलङ्गे र खडानन्द श्रेष्ठ र कुशल तोलंगे सह-सचिवमा चयन भएका छन् । 

 


भने कोषाध्यक्ष योगिता माझीले जिम्मेवारी पाएकी छन् । अन्य ३७ जना सदस्य रहेका छन् । 


त्यस्तै सुनापति गाउँपालिकामा बिनोद खड्काको अध्यक्षमा ६५ जना सदस्यीय कार्यसमिति गठन गरेको छ । सचिवमा सन्तोष गौतम रहेका छन् । 


त्यस्तै दोरम्बा गाउँपालिकामा उकाश लामाको अध्यक्षमा ७५ सदस्यीय कार्यसमिति गठन गरेको छ । सुनापतिमा अनेरास्ववियुको सचिवमा प्रकाश गौतम च यन भएका छन् । 


आठ वटा स्थानीय तह रहेको जिल्लामा आउदो २६ गते सम्म सबै स्थानीय तहमा भातृ संगठनलाई पूर्णता दिसक्ने माओवादी केन्द्रका जिल्ला नेता तथा राम बहादुर तामाङ आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य राम तामाङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए ।