तिल्पुङ्मा छहरामा पहिरो खस्दा मन्थली- खिम्ती सडक पूर्ण रुपमा अबरुद्धः पहिरो पन्छाउन कम्तिमा ४ घण्टा लाग्ने

| भदौ १३, २०७८ आइतबार

फाईल फोटो
A A A
A A A


१३ भदौ,रामेछाप । मन्थली- खिम्ती सडक अबरुद्ध भएको छ । 

 

लिखु तामाकोशी गाउँपालिका ७ तिल्पुङ्गको छहरामा पहिरो खस्दा सडक पूर्णरुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

निरन्तरको वर्षाले केही समय अगाडी पहिरो खसेको ठाउँमा पुःन आज पहिरो खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको हो । 

 

पहिरो खसेसंगै मन्थली तर्फ ७ वटा मालवाहक ट्रक र खिम्ती तर्फ केही ठूला सवारी साधन र मोटरसाईकल रोकिएको सूचना अधिकारी श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनले भने 'खिम्ती तर्फ बस, मोटरसाईकलहरु खिम्ती ट्राफिक प्रहरीले रोकेको छ । मन्थली तर्फबाट गएका ७ वटा ट्रक रोकिएका छन् ।' 

 

पानी परिरहेकाले खसेको पहिरो पन्छाउन केही समस्या देखिएको छ । जेसिबी पठाउने तयारी हुदै छ । जेसिबी पठाएर पहिरो हटाउन सुरु गरेपनि कम्तिमा ४ घण्टा समय लाग्ने देखिएको छ । 
सडक अबरुद्ध भएसंगै मन्थली-दोलखा सडक अबरुद्ध भएको छ । 


त्यस्तै जिल्लाकै उमाकुण्ड, गोकुलगंगा  र लिखु तामाकोशी गाउँपालिकाबाट आउने सवारी रोकिने भएका छन् ।