टेकानपुर र गोगनपानीको विधुतको ट्रान्सर्फमर पल्टियोः मन्थली, रामेछाप र खाँडादेवीमा विधुत अबरुद्ध

| भदौ १३, २०७८ आइतबार

फाईल फोटो
A A A
A A A

१३ भदौ,रामेछाप । निरन्तरको वर्षाले नेपाल विधुत वितरण केन्द्र रामेछापका चार  ठाउँमा फेरी क्षेती पुर्याएको छ ।

 

वर्षाले मन्थली नगरपालिका वडा नं २ टेकानपुर र खाँडादेवी गाउँपालिका गोगनपानीको ट्रान्सर्फमर पल्टिएको नेपाल विधुत प्राधिकारण रामेछापले जनाएको छ । 
टान्सफर्मार पल्टिदा उक्त क्षेत्रमा लाइन अबरुद्ध भएको प्राधिकरणले जनाएको छ । 


त्यस्तै मन्थली नगरपालिका १२ गेलु र रामेछाप नगरपालिका खानीडाँडामा ११ के.भी.को पोल ढलेकाले उक्त स्थानमा पनि लाईन अबरुद्ध भएको विधुत वितरण केन्द्र रामेछापले जनाएको छ । 
त्यस्तै खाँडादेवी गाउँपालिका भदौरेमा पनि ट्रान्सफरमर ढलेको बताइएको छ । 

 


पकट - पकट प्राविधक समस्या हुँदै आएकाेे विधुत वितरणमा वर्षाले थप क्षेती पुर्याएको हो । 


पानी परिरहेकोले मर्मतको लागि समय लाग्ने प्राधिकरणले जनाएको छ । 

यो पनि पढ्नुहोस्- विधुत प्राधिकरण रामेछापः ढल्केबर-सिन्धुली र चरिकोट-मन्थली आउने बिधुतमा प्राविधिक समस्या देखियो