भदौ २३ गते एकै दिन ६४ वटै वडाको अधिवेशन सक्ने कांग्रेस रामेछापको निर्णय

| भदौ १४, २०७८ सोमबार

तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स ।
A A A
A A A

१४ भदौ,रामेछाप । १४ औं महाधिवेशमा होमीयको नेपाली कांग्रेस रामेछापले वडा अधिवेशन एकै दिनमा सक्ने भएको छ ।

 

आउदो भदौ २३ गते बुधबार जिल्लाको ६४ वटै वडाको अधिवेशन गर्ने निर्णय गरेको जिल्ला पार्टी प्रवक्त नारायण बहादुर खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनले भने 'वर्खाको समय भएकाले निरन्तरको वर्षा लगाएत विविध कारणले गर्दा एकै दिन २३ गते सबै वडाको अधिवेशन सक्ने निर्णय छौ ।'

 

आठ वटा स्थानीय तह रहेको रामेछापमा ६४ वटा वडाहरु रहेका छन् । यी सबै वडाहरुमा एकै दिन अधिवेशन गर्ने निर्णय गरेको हो । 

 

केन्द्रबाट खटिएका प्रतिनिधि विष्णु लुइटेलसहित कांग्रेसका नेता कार्याकर्ताहरुको सोमबार राजधानीमा भएको छलफलले भदौ २३ गते ६४ वाटै वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको उनले बताए । 


कांग्रेसको १४ औं महाधिवेशन भदौ १८ गतेदेखि सुरु हुदै छ ।