देवशंकर पौडेलको शान्तिलाई कटाक्षः हिजो तिनैको विरोद्ध गर्नेसाथिहरु आज के पाएर एमालेमा लागे ?

जिल्लाका पार्टीका कार्यकर्ताहरुलाई नआत्तिन र नअल्मलिन उनले आग्रह

| भदौ १६, २०७८ बुधबार

फाइल फोटोः देवशंकर पौडेल तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स ।
A A A
A A A

१६ भदौ,रामेछाप । नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रिय सदस्य देवशंकर पौडेलले कार्यकर्ताहरुलाई अलमल्मा नपर्न आग्रह गरेका छन् । दक्षिणपन्थि बाटोमा हिडेर सफल नहुने उनको दाबी छ ।  उनले भने “पार्टीमा अहिले बिद्रोह भएको छ । अहिले पार्टीमा अहंकार र दक्षिणपन्थि अवसरबाद्ले यस्तो भएको हो । यो कुनै लहडमा भएको हैन् । यो एक खालको बिद्रोह हो । बिद्रोहमा लाग्नेहरु यता लाग्छ । नलाग्नेहरु उता लाग्छन् ।” 

 

जिल्लाका पार्टीका कार्यकर्ताहरुलाई नआत्तिन र नअल्मलिन उनले आग्रह गरे । 

 


उनले बिद्रोहको पक्षमा लाग्नेहरु एसमा आउन आह्वन समेत गरे । “आफूहरु,अरुको जस्तो दबाब् दिदैनौ । आउन चाहानेलाई बाटो खुल्ला छ । पार्टी रोज्न पाईने सबैलाई अधिकार दिएकाले स्वतन्त्रण रुपमा जो–जता जान चाहान्छन् उसलाई सधै बाटो खुल्ला रहेको छ ।” 


 
पार्टी फूट्बाट जोगाउने आफूहरुको चहाना नभए पनि छुद्र बोलीकै कारण पार्टी फूटेको दाबी गरे । उनले हिजोका दिनमा ओली पक्षकै बिद्रोह गर्नेहरु अहिले उतै लागेको भन्दै आश्चर्य ब्यक्त गरे । हिजो त्यसैको बिरोध गर्ने अहिले त्यतै लाग्ने किन  भन्दै आशंका सहितको प्रश्न गरे । उनले भने “यो प्रश्न गम्भिर हो । उनीहरुलाई सोध्नुहोला जो हिजो त्यही पार्टीको बिरोद्ध गर्ने आज त्यतै जाने ? के पाएर जानु भयो साथिहरु उनीहरुलाई थाहा होला ।” 

 

यो उनको कटाक्ष माधव नेपालको साथ छोडेका शान्ति प्रसाद पौडेलप्रति हो । 


उनले रामेछाप टाइम्ससंगको कुराकानीमा अन्य पार्टीमा लाग्नेहरुसंग कुनै गुनासो नभएको बन्दै आफूहरु संगठनको लागि निरन्तर लागि रहेको बताए ।

 

नेकपा एमालेबाट फूटर एकिकृत समाजबादी पार्टी (एस) बनेपनि भदौ २२ गतेसम्म दल रोजना पाउने अधिकार दिएको छ । योसंगै पूर्व माधव नेपाल निकट मानिने बागमती प्रदेशका सांसद् शान्ति प्रसाद् पौडेल मंबलबार प्रदेशका अन्य मन्त्रीहरुले निर्वाचन आयोगमा एमालेमा सनाखत गर्न पुग्दा पौडेल गृह जिलल्ला रामेछाप आएका छन् । योसंगै पौडेलले औपचारिक रुपमा माधव नेपालको साथ छोडेको दाबी गरिदै आइएको छ । 

 

जिल्लामा धेरै कार्यकर्ता अहिले सम्म अन्यौलमा रहेका छन् । 


उनले नेकपा (एमाले) बाट विभाजन भएर (एकिकृत समाजवादी) पार्टी बन्नु आजको आवश्यकता भएको दाबी गरे ।