सालुमा कांग्रेसको कार्यालय उद्घाटनः 'सभापतिले भने एक पटक मलाई फेरि मौका दिनुहोस्'

| भदौ १६, २०७८ बुधबार

वडा कार्यालय उद्घाटन कार्यक्रम । तस्विर बिमल पौडेल ।
A A A
A A A

१६ भदौ,रामेछाप । नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले पार्टी सभापतिमा उम्मेद्वरी पुःनह् दिने दोहोर्याएका छन् । 

 

आसन्न १४ औं महाधिवेशनको संघारमा रहेका बेला बुधबार मन्थली नगरपालिका ४ सालुको कांग्रेस पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै काग्रेस जिल्ला सभापति न्यौपानेले भने 'आधुरा काम पुरा गर्नलाई र कांग्रेसलाई एक ढिक्का बनाउनको निम्ती मलाई सबैले भोट दिएर जिताई दिनुहोला । प्रजातन्त्रमा, अमेरीकामा राष्ट्रपतिले त, राष्ट्रपति पद दोहोर्याएर खाएको उदहारण छ । त्यस्तैले मलाई पनि सबैले भोट दिएर एक पटक मौका दिनुहोला ।' 

वडा कार्यालय उद्घाटन कार्यक्रम । तस्विर बिमल पौडेल । 
सभापति न्यौपानले कम्युनिष्ट केन्द्रदेखिनै आफू आफै द्वन्द्वमा फसेकाले यिनीहरुले मूलुक चलाउन नसक्ने जिकिरे गरे । 

 

उनले आउँदो संघीय, प्रदेश र स्थानीय चुवानमा सबै ठाउँबाट कांग्रेसको जित हुनेबाटो बाउनको निम्ति आफ्नो एक कार्यक्राल थप हुन अतिनै आवश्कय भएको दाबी गरे । 


सयौंको संख्यामा रहेका पार्टी कार्यकर्ताहरुकाबीच न्यौपानेले सबैलाई एक भोट दिन आग्रह गरे ।