भदौ २७ गतेदेखि मन्थली नगरपालिका भित्रका सबै विद्यालय भौतिक उपस्थितिमा खोल्ने निर्णय

| भदौ १८, २०७८ शुक्रबार

फोटो रमेश कुमार बस्नेतको फेस्बुकबाट साभार ।
A A A
A A A

१८ भदौ,रामेछाप । रामेछापको मन्थलीमा भदौ २७ गते आइतबारदेखि भौतिक उपस्थितिमा सबै विद्यालय खुल्ने भएका छन् । 


शुक्रबार मन्थली नगरपालिकाको कार्यालयमा बसेको ३० औं नगर शिक्षा समितीको बैठकले आउदो २७ गते आइतबारदेखि विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय खोल्ने निर्णय गरेको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिए । लामो समयदेखि कोरोना संक्रमण बढेको भन्दै विद्यालय बन्द अवस्थामा छन् । 


विद्यालय नखुल्दा विद्यार्थीहरु अन्यौलमा थिए । विद्यालय खुल्ने भएसंगै विद्यार्थीहरु खुसी दिएका छन् । 


कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखि जिल्लामा सबै विद्यालय ठप्प छन् । केही विद्यालयहरुले अन्लाईनबाट पठनपाठन गर्दै आएका थिए । 


जिल्लामा आगामी भदौ २२ गतेसम्म लकडाउन जारी गरिएको छ । 


काठमाडौं उपत्यकामा लकडाउन हटाइसकिएको छ । रामेछापमा पनि आउदो भदौ २२ गतेबाट लकडाउन हट्ने आशा गरिएको छ । योसंगै जिल्लाका विद्यालयहरु पनि खुल्दै जाने छन् । 

 

सम्पादकः यसअघि नगरप्रमुख रमेश कुमार बस्नेतको फेस्बुकबाट लिएको समाचार स्रोतमा भदौ २५ गते लेखिएको हुदाँ सोही समाचार सम्प्रेशण भएको गरेका थियौ । तर, निर्णय आइतबार २७ गते देखि विद्यालय खुल्ने गरिएको पुष्टि भएको जानकारी गराउद छौं । २७ गते हुनु पर्नेमा २५ सम्प्रशण भएकोमा क्षमा प्राथी छौ ।