स्वास्थ्य बिमा गराएकाहरुको उपचारमा पनि अस्पतालले रकम असूल्न थालेपछि नागरिक आक्रोशितः एक करोड बढी रकम दिएन बिमाले (भिडिओ)

| भदौ १९, २०७८ शनिबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१९ भदौ, रामेछाप । छिटोछरीतो, सस्तो र गरिब जनतालाई सेवा दिने उदेश्यले नेपाल सरकारले संचालन गरेको स्वास्थ्य बिमा कार्याक्रममा आबद्ध रामेछापका नागरिकले उल्टै दुःख, सास्ति खेप्नु परेपछि आक्रोश पोखेका छन् । उनीहरुले नागरिक समाजसंग पटक–पटक छलफल गरि तत्काल यो समस्या सम्बोधन गर्न सम्बन्धित निकायहरुलाई चेतावनी समेत दिएका छन् । 

 

सदरमुकाम मन्थलीमा संचालित तामाकोशी सहकारी अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्र मन्थली र बिमा शाखा कार्यालयबीचको कानूनी तथा समन्वयात्मक कम्जोरिका कारण यस्तो समस्या भएको भन्दै सबै पक्षले छलफल तथा समन्वय गरि नागरिकको सेवामा एकरुपतता ल्याउन माग गरेका हुन् ।


धेरै जसो नागरिकहरुले तामाकोशी सहकारी अस्पतालले बीमित नागरिकलाई औषधि तथा उपचार सेवा दिँदा बढि रकम लिने गरेको दाबी गरेका छन् । बीमितहरुले पाँच सय रुपैयाँ बराबरको औषधि लिनको लागि मन्थली प्राथमिक अस्पताल र तामाकोशी अस्ताल धाउनु पर्ने र दुवै अस्पताललाई टिक काट्ने (ईन्ट्रि फिई), लगाएतको शिर्षकमा २० र ५० रुपैयाँको दरले पैसा असूल्ने गरेको बताएका छन् । 

 

ईन्सेकको सहयोगमा मानव अधिकार सरक्षंण सञ्जाल् रामेछापले शुक्रबार मन्थलीमा नागरिक समूहसंग उक्त विषयमा सम्बन्धित निकायहरुको उपस्थितिमा छलफल गरि समस्या समाधान गर्न आग्रह गरेका छन् ।


छलफलमा बोल्दै तामाकोशी सहकारी अस्पतालका संचालक समितिका अध्यक्ष गोबिन्द घिमिरेले बिमा समितिको कारण यस्तो समस्या आएको बताए । उनले “भने नागरिकलाई सिफारिस गर्ने मान्यता पाएका जिल्लाका स्वास्थ्य संस्थाको कारण स्वास्थ्य बीमा बोर्डले हामीलाफ धेरै रकम दिएको छैन् ।”


 
बीमा बोर्डले तामाकोसी अस्पतालको सन २०१९ यता एक करोड १२ लाख रुपियाँ भन्दा बढि रकम नदिएको उनको भनाई छ । 
उनले भने “हाम्रो अस्पतालमा ७० प्रतिशत बीमित नागरिक सेवा लिन आउँने भएकाले उहाँहरुको सेवाका लागि थप कर्मचारी व्यवस्थापन गर्न सहयोग पुगोस् भनेर गत साउन १ गतेबाट ५० रुपियाँ ईन्ट्रि फिई लिने व्यवस्था गरिएका हौ । तर, सेवाग्राहीले धेरै गुनासो गरेका कारण गत भदौ १६ गते बुधबारदेखि नै सो शुःल्क लिन बन्द गरिएको छ ,अध्यक्ष घिमिरेले भने ।”

 


उनका अनुसार बीमित नागरिकको सिफारीस गर्ने अधिकार प्राप्त संस्थाबाट एच‍ ए, सिएमएले रिफर गरेको कारण बिमा समितिले अस्पतालले पाउनु पर्ने रकम दिन अस्वीकरा गरेको हो । 

 

बिमा समितिले डाक्टरले सिफारिस गरेकालाई मात्रै सेवा पाउने भन्दै आएको उनले बताए । बिमा समितिलाई आफूहरुले पटक–पटक आग्रह गर्दा समेत समस्या समाधान नहुने निश्चित भएपछि बीमित नागरिकोहरुको सेवाकै लागि जनशक्ति ब्यवस्थापनको लागि ५० रुपैयाँ शुःक्ल उठाएर सेवा दिन थालेको उनले स्वीकार गरे ।

भिडिओ हेर्नुहोस्


जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ३७ हजार ९ सय ६९ जना नागरिक बीमामा आवद्ध भएका छन् । मन्थली नगरपालिकाका मात्रै १२ हजार ३ सय ६२ जना नगरिकले स्वास्थ्य बीमामा जोडिएका छन्। 

 

“छलफलमा सहभागीहरुले बिमामा आबद्ध भएर राम्रो सेवा पाउने आशा गरेर बिमा गरेका थियौ । यस्तो झण्जट भयो भने त ? बिमा गराउनेको संख्या पनि घट्छ । यो राम्रो कुरा हैन । यो तत्काल सुधार हुनु पर्छ । सम्बन्धित निकायहरुले छलफलको माध्यमबाट हल गर्नु पर्छ भनेका छन् ।” 

 


कार्यक्रममा मन्थली नगरपालिका नगर प्रमुख रमेश कुमार बस्नेतले बिमामा जोडिएका र सम्बन्धन् पाएका अस्पलातलले बीमित नागरिकलाइ सेवा दिँदा बढि रकम लिन नहुने भन्दै यो गुनासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए । उनले “मन्थली नगरपालिका, प्राथामिक स्वास्थ्य केन्द्र, मन्थली र तामाकोसी अस्पतालबीच छलफल गरेर समस्या हल गर्ने प्रतिबद्धता जनाउदछौं भने ।”

कर्मचारीहरुमा अहम्ता रहेका कारण पनि समस्या रहेको संकेत गर्दै त्यस्ता कर्मचारी आफ्नो निगरानीमा परेको बताए । “कर्मचारी साथिहरुमा काम गर्न नपाए हुन्थ्यो भावना छ । कसैको मतलाब छैन् । डाक्टर आउछन् बिरामी नजाच्न पाए हुन्थ्यो । शिक्षकलाई विद्यालय नखुलिदिए हुन्थ्यो । नपढाउन पाए हुन्थो भन्ने भावना छ । काम गर्ने ठाउँमा, नबसी गाउँ तिर जान पाए हुन्थ्यो भन्नुहुन्छ । हाम्रो निगरानीमा छौ । अप्रेसन हामी गर्छौ भने।” 

 

त्यस्तै मन्थली नगरपालिकाका स्वास्थ्य संयोजक केवश फुयालले बिमामा जोडिएका नागरिकको सेवामा एक लाख रुपैयाँ बराबरको सेवा निःशुल्क दिने व्यवस्था रहेका कारण उक्त रकम बराबरको सेमा कुनै रकम लिन नपाउने दोहोर्याए । उनले नगरपालिकाका स्वास्थ्य संस्थामा केही स–साना समस्या रहेको स्वीकार गर्दै समस्या समाधानमा केन्द्रीत् रहेको दाबी गरे । उनले नगरपालिका नागरिकहरुको स्वास्थ्यमा गम्भिर रहेको भन्दै नगरिकहरुलाई राम्रो स्वास्थ्य सेवा दिन तत्पर रहेको बताए । 

 

साथै कार्यक्रममा नगरका महाशाखा प्रमुख एवं शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकीले भदौ २७ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको जानकारी गराउदै विद्यार्थीका अभिभावकहरु सचेत हुनु पर्ने बेला आएको औल्याए ।