रेडक्रसको स्थापना दिवसमा रासमद्वरा रक्तदान

| भदौ १९, २०७८ शनिबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

१९ भदौ,रामेछाप । नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवसको अवसरमा रामेछापमा रक्तदान संकलन कार्यक्रम गरिएको छ । 

 


शनिबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोग तथा रामेछाप सहयोगी मन (रासम) को आयोजनामा रेडक्रसको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको हो । जसमा कूल दुई महिला सहित ३५ जनाले रक्तदान गरेको रेडक्रसका कोषाध्यक्ष दिनेश कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनले भने “दुई महिला सहित ३५ जनाले रक्तदान गरेका छन् । ३५ पाउण्ड रगत संकलन भएको छ । सबै रगत जिल्लामै खपत हुदैन् । बाहिरी जिल्लाहरुमा रगत पठाइन्छ ।”

 

उनका अनुसार जिल्लामा मासिक रुपमा करिब ३५ पाउण्डको हाराहारिमा रगत खपत् हुदै आएको छ । 

 


रेड्क्रस आफैमा सहयोगी संस्था भएको र रगत अभावमै कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्ले रक्तादान कार्यक्रम गरेको रासमले जनाएको छ । 

 

रासमले आयोजना गरेको रक्तदानमा मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायणदास श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी प्रमुखसहितले रक्तदान गरेका छन् ।