१० बुँदे निर्णय अक्षरस पालना गर्ने एमाले रामेछापको निर्णय

| भदौ २१, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२१, भदाै,रामेछाप । नेपाल कम्युष्टि् पार्टी नेकपा (एमाले) रामेछापले १० बुँदे समझदारीलाई अक्षरस, सृजनात्मक परिपालना गर्ने निर्णय गरेको छ ।



सोमबार बसेको पदादिकारी बैठकले यस्तो निर्णय गरेको नेता झंम्क कडेलले जानकारी दिए । उनका अनुसार लामो समयको अन्तरालपछि अध्यक्ष शान्ती प्रसाद पौडेलको अध्यक्षता र जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुङगेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णय सर्वसम्मतबाट पारित गरिएको कडेलले बताए ।



बैठकमा बोल्दै इन्चार्ज ढुङगेलले औचित्यहिन पार्टी विभाजनको कृयाकलापमा नलाग्नको लागि पार्टीलाई एक बनाउन आग्रह गरे ।

 

उनले पार्टीका कार्यकर्तामा पार्टीलाई एक ढिक्का बनाउन लाग्न आग्रह गरे ।