रामेछापमा भौतिक रुपमा सबै विद्यालय खोल्न दिने प्रशासनको निर्णयः मन्थली नगरले सार्वजनिक बिदासहित शनिबार पनि पढाउने,

| भदौ २१, २०७८ सोमबार

फाईल तस्विर मन्थली मुगिटार स्कूल । तस्विर रामेछाप टाइम्स ।
A A A
A A A

२१ भदौ,रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले भौतिक रुपमा विद्यालय खोल्न दिने निर्णय गरेको छ ।  सोमबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठक (डिसिसिएमसी) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक रुपमा विद्यालय खोल्न दिने निर्णय गरेको रामेछाप प्रशासनले जारी गरेको निर्णयमा उल्लेख छ । 

शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गराउदाँ नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले डिसिसिएमसीको समन्वयमा कार्यान्वयन गराउनुहोला जारी निर्णयमा भनिएको छ । 


योसंगै अब जिल्लाका सबै विद्यालय खुल्ले भएका छन् । गत वैशाख यता बन्द रहेका विद्यालयहरु खुल्ने भएसंगै विद्यार्थीहरु खुसी देखिएका छन् । 

 

जिल्लाको सदरमुका मसेत रहेको मन्थली नगरपालिकाले आउँदो भदौ २७ गते आइतबारदेखि विद्यालय खोल्ने निर्णयनै गरि सकेको छ । 

 

त्यस्तै सोमबार जिल्लाको रामेछाप नगरपालिकाले पनि बैठक बसि भदौ २५ गते शुक्रबारदेखि नै भौतिक रुपमा विद्यार्थीको  उपस्थितिमा पठनपाठन सुरु गर्ने निर्णय सार्वजनिक गरेको छ ।


आठ वटा स्थानीय तह रहेको जिल्लामा क्रमशः विद्यालय खोल्दै लैजारी तयारी सुरु गरेको सम्बन्धित पालिकाहरुले बताएका छन् । 

 

स्वास्थ्य सुरक्षाका उपाय अपनाएर विद्यालय अब नियमित संचालन गर्ने तयारी रहेको सुनाउछन्, मन्थली नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकी ।

 

उनका अनुसार नगरभित्र अब परिस्थिति हेरेर सार्वजनिक बिदासहित शनिबार पनि पठनपाठन गर्ने तयारी अगाडि बढाइएको छ । उनले भने 'हामी सबै तयारी गरेर । कोरोनाको तत्कालिन परिस्थिति हेरेर अब सार्वजनिक बिदासहित शनिबार पनि पठनपाठन गरेर पढाइलाई निरन्तरता दिन्छौ । दशै,तीहार बिदा पनि धेरै दिन हुदैन हाम्रो । सकेसम्म छुटेको सबै कोर्स पुरा गर्ने हाम्रो टार्गेट छ ।'