एमाले रामेछापले भन्यो-'पार्टी विभाजनले कसैलाई फाइदा छैन्, एकता आजको आवश्यकता हो' (विज्ञप्तिसहित)

| भदौ २२, २०७८ मंगलबार

फाईल फोटो
A A A
A A A

२२ भदौ,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले पार्टी एकताको पक्षमा उभिन सम्बध सबैमा आह्वन गरेको छ । एमाले फुटेर (एकिकृत समाजवादी) दल दर्ता भएर निर्वाचन आयोगले आज सम्म दल रोज्ने मिति तोकेको छ । निर्वाचित जनप्रतिनिधि, सांसद्, वडा अध्यक्षहरुलाई आज सम्म निर्वाचन आयोगका जिल्ला, प्रदेशकार्यालयहरुमा सनाखत गर्ने समय तोकेको छ । यसैअवसरमा जिल्ला कमिटी रामेछापले विज्ञप्ति जारी गर्दै पार्टी एकताको पक्षमा उभिन सबैमा आह्वन गरेको हो । 

 


निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म दल रोजन पाउने समय तोकेको छ । हाल सम्म जिल्ला निर्वाचन कार्यलयमा आएर गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीमा वडा अध्यक्ष बलाराम खड्काले एकिकृत समाजवादीमा सनाखत गराएका छन् ।


जिल्ला निर्वाचन कार्यलय स्रोतका अनुसार आज साँझ ५ बजेसम्म केही गाउँपालिका प्रमुख, नगरप्रमुख, तथा वडा अध्यक्षहरु सनाखतको लागि आउने तयारी रहेको बताइएको छ । स्रोतले 'भन्यो आज केही जनप्रतिनिधिहरु आउने कुरा छ । सबै एकैचोटी आउने भन्ने कुरा छ ।' 

 

नाम नखुलाउने सर्तमा केही गाउँपालिका प्रमुखहरु 'अहिले मन्थली काम विशेषले आउदे छौं । आएपछि सबै कुरा पुष्टि हुन्छ,पालिका प्रमुखहरुले रामेछाप टाइम्ससंग भने ।'


यो अवस्थामा आएपुगेको परिस्थितिलाई ध्यानमा राख्दै जिल्लाका सबै एमालेसम्बध नेता कार्यकर्ताहरुलाई पार्टी एकताको पक्षमा उभिन एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी एकाता नै आजको आवश्यकता भएको उल्लेख छ । 

 


पार्टी एकता आजका अनिर्वाय आवश्यकता भएको एमाले रामेछापले जारी विज्ञप्तिमा उल्लेख छ । पार्टी २०७५ जेठ १ गते फर्कि सकेको अवस्था उल्लेख गर्दै पार्टी विभाजनले कसैलाई फाइदा नपुग्ने एमाले रामेछापको दाबी छ ।

 

१० बुँदे सहमति कार्यन्वयन गर्न सबै मिलेर रचनात्मक र र्सिजनात्मक पार्टी विभाजन रोक्न भूमिका खेल्न सबैमा आह्वन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

हिजो मात्रै एमाले रामेछापको जिल्ला कमिटीको बैठक बसि १० बुँदे सहमति अक्षरस पालना गर्ने निर्णय गरेको थियो । 

एमाले रामेछापले जारी गरेको विज्ञप्ति हेर्नुहोस्