रामेछापमा नगरप्रमुख बस्नेतसहित ६ जनाले रोजे एकिकृत समाजवादी पार्टीः अजै थपिन सक्ने

| भदौ २२, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२२ भदौ,रामेछाप । रामेछापमा एमालेबाट निर्वाचित जनप्रतिनिधि रमेश बस्नेतसहित ५ जनाले एकिकृत समाजवादी पार्टी रोजेका छन् । (दिउँसो २ ः १५ बजेसम्म) को  ताजा जानकारी अनुसार जिल्ला निर्वाचन कार्यालय रामेछाप पुगेर मन्थली नगरपालिका प्रमुख समेत रहेका बस्नेतले एकिकृत समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन आयोगको कार्यालय रामेछापले जनाएको छ । 

 

आयोगले आज साँझ ५ बजे सम्म कार्यालयमा आएर सनाखत गर्नेलाई बाटो खुल्ला रहेको जनाएको छ । 


त्यस्तै मंगलबार मन्थली नगरपालिका वडा नं १२ का वडा सदस्यहरु लिलाबहादुर बुढा र उमेश कार्कीले एकिकृत समाजवादी पार्टीमा सनाखत गरेर फर्किएका छन् । 

 

त्यस्तै जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ्गकी वडा दलित सदस्य भीममायाँ सार्कीले पनि एकिकृत समाजवादी पार्टीमा सनाखत गरेकी छिन् । 

 

यसअघि जिल्लाको गोकुलगंगा गाउँगालिका वडा नं ५ का वडा अध्यक्षले पनि एकिकृत समाजवादीमा सनाखत गरिसेकेका छन् ।