एकिकृत समाजवादी रोजेका बस्नेत भन्छन्-‘ओलीको एकलकाटे प्रवृतिले दुईतिहाइको कम्युनिष्ट् पार्टी फूट्यो’

| भदौ २२, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२२ भदौ,रामेछाप । नेकपा (एकिकृत समाजवादी) पार्टी रोजेका नेता रमेश बस्नेतले केपी ओलीको “एकलकाटे” प्रवृतिका कारण पार्टी फूटेको बताएका छन् । उनले मंगलबार जिल्ला निर्वाचन कार्यालय रामेछाप पुगेर एकिकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका थिए । 

 


सनाखत गरेर बाहिरिएका बस्नेतले रामेछाप टाइम्ससंगको कुराकानीमा दुईतीहाइको नजिक भएको कम्युनिष्ट् पार्टीलाई मिलाएर लिएर हिड्न नसक्ने ओलीकै कारण पार्टी फूटेको जिकिर गरे । उनले भने “ओलीले नेपालको ईतिहासमा दुई तिह बहुमत रहेको कम्युनिष्ट पार्टीलाई मिलाएर हिड्न नसक्दा, मनै सर्बोसरह हुँ भन्ने घमण्ड, एकाल काटे प्रवृतिका कारण सामूहिक नेत्त्रिवमा हिड्न नसक्ने घमण्डी सोचकै कारण पार्टी फूटेको हो ।” 

 

पार्टी फूट कसैको रहर नभएपनि बाध्यता भएको उनको दाबी छ । ओलीले कहिले पनि कम्युनिष्ट पार्टीलाई असल भूमिकाबाट हिडाउन नसकेको बस्नेतको भनाई छ । 

 

ओलीमा दमब,घमण्ड र अहम्तका कारण नेपालको कम्युनिष्ट् पार्टीलाई नरहे नरहोस् भन्ने उदेश्यले हिडाएका कारणले बाध्यभएर पार्टी फूटेको दाबी गरे । 

 

उनले माधव नेपाल र झलनाथ खनाल नेत्त्रित्वको समाजवादी पार्टीले कम्युनिष्ट् पार्टीलाई एकिकृत गरेर राजनीतिक, बैचारिकको माध्यबाटै अगाडि बढ्ने पनि बताए । उनले “अहिले पनि केही साथिहरु पार्टी एकताको पक्षमा बस्नु भएको छ । तीसाथिहरु पनि केही समयपछि एकिकृत समाजबादीमा आउनु हुन्छ भने ।”

 

उनले ओलीको आचरणमा परिवतर्न नआउने हुँदा आफूहरु हिडेकोबाटले गन्तव्यमा पुग्नेबाटो भएको बताए । 

 

“अलमलमा रहेका केही साथिहरुलाई केही समय लाग्न सक्छ तर आउने यही ठाउँ हो । विभाजन रहर हैन बाध्यता हो मन्थली नगरपालिकाका नगरप्रमुख समेत रहेका बस्नेतले भने ।”