खिम्ती-बेताली सडकमा आधा दर्जन भन्दा बढी ठाउँमा पहिरोः सडक पूर्ण रुपमा अबरुद्ध,

| भदौ २२, २०७८ मंगलबार

फोटो सबै खड्ग सुनुवारको फेस्बुकबाट साभार
A A A
A A A

२२ भदौ,रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका स्थित् खिम्ती-बेताली सडक खण्डमा पर्ने फर्पु सडकको ठाउँ ठाउँमा पहिरो खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको छ । 


खिम्ती बेताली सडक खण्डमा पर्ने उक्त सडकमा ६-७ ठाउँमा पहिरो खसेर अबरुद्ध भएको पालिकका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद सुवेदीले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनले भने “म त्यही बाटो हुदै मन्थली आको हो । फर्पुबाट  हिडेरै खिम्तीसम्म आए । ६-७ ठाउँमा पहिरो खसेको छ । ठूला ठूला ढुङ्गा खसेका छन् । अहिले अध्यक्ष ज्यूसहितको टोली आइपुगेको छ । पहिरो पन्छाउन सुरु भएको छ । आज उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाबाट कुनै गाडी जिल्ला आउन पाएनन् । तर अब आडै खुल्छ भने ।”


पालिकाको वडा नं ६ फर्पुमा धेरै पहिरो गएको सुवेदीले बताए । उनका अनुसार पहिरोले केही घरहरुमा समेत क्षेती पु¥याएको छ ।

 


त्यस्तै पालिका प्रमुख खड्ग सुनुवारले पनि फर्पुमा पहिरोले बाटो अबरोध पु¥याएको जानकारी दिदै पहिरो हटाउन सुरु गरेको बताएका छन् ।

 

सुबेदीका अनुसार अहिले दुवै तर्फबाट सडक खुलाउनको लागि जेसिबी प्रयोग गरिएको  छ ।