रामेछापमा ६४ वटै वडामा आज कांग्रेसको नयाँ नेत्रित्व आउदैः धेरै ठाउँमा सहमितिमै बन्ने, संयम्ता आपनाउन आग्रह

| भदौ २३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२३ भदौ,रामेछाप । नेपाली कांग्रेस रामेछापको ६४ वटै वडामा आज नयाँ नेत्त्रित्व चयन हुदै छन् । करिब ५ वर्षपछि हुन लागेको वडा अधिवेशनबाट आज नयाँ नेत्त्रित्व चयन हुन लागेको हो । 
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसंगै वडा अधिवेशनबाट नेत्त्रित्व चुनिदै जिल्लाको नेत्त्रिव टुङ्गो लगाइने छ ।

 

आज चुनिने नयाँ नेत्रित्वको निकै महत्वपूर्ण भूमिका हुने छ । देशका अन्य जिल्लाहरुमा गत भदौ १८ गतेनै वडा अधिवेशन भै सकेका छन्, भने केही जिल्लाहरुमा भैरहेका छन् । कोरोना महामारीकाबीच हुन लागेको वडा अधिवेशनमा स्वास्थ्य सुरक्षका सम्पूर्ण मापदण्ड पूर्णरुपमा पालना गर्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आग्रह गरेका छन् । 

 


त्यस्तै जिल्ला सभापति लवश्री न्यौपानेले पनि स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेर सबल र सक्षम नेत्रित्व चयन गर्न आग्रह गरेका छन् ।

जिल्लामा ११ हजार भन्दा बढि कांग्रेसका क्रियाशिल सदस्य रहेको पार्टी प्रवक्ता नारायणबहादुर खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । तीनै ११ हजार क्रियाशिल सदस्य भित्रबाट नयाँ नेत्रित्व चुनिने भन्दै आज बन्ने नयाँ नेत्रित्वले जिल्लाको सक्षम सभापति चुन्न भूमिका हुने भन्दै आजको नेत्रित्व निकै महत्वपूर्ण हुन खड्काले बताए । सबैलाई संयम्ताका साथ वडा तहको नेत्रित्व टुङ्गो लगाउन उनले आह्वन गरेका छन् । 


आठ वटा स्थानीय तह रहेको रामेछापमा एकै दिन आजै नयाँ नेत्रित्व टुङ्गो लगाउने केन्द्रबाट खटिएका निर्वाचन अधिकृत विष्णु लुइटेलले जानकारी दिए । जिल्लामा वडा र स्थानीय तहमा गरि करिब १४ सय जना प्रतिनिधि चयन हुदै छन् । तिनै प्रतिनिधिले जिल्लाको नेत्रित्वको लागि भोट हाल्ने छन् । 


वडाहरुमा आज हुने अधिवेशन केही ठाउँमा बहेक सबै ठाउँमा सहमतिमै समिति गठन हुने पार्टी सचिव विष्णु बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले सहमतिबाटै नेत्रित्व चुनिनु पर्ने बताए । आकांक्षी धेरै हुदा केही समस्या देखिए पनि सहमिति र सहकार्यबाटै वडाको  नेत्रित्व टुङ्गो लगाउनु पर्ने उनको जोड् छ । 


जसको लागि कांग्रेसका सबै नेता कार्याकर्ता वडा वडामा पुगिसेकेका छन् । उनीहरुले मंबलबारदेखिनै पहिलो चरणको छलफल पनि गरिसकेका छन् । वडाहरुमा कांग्रेस नेता कार्यकर्ताले अहिले भरिभराउ छ । 


कांग्रेसको १४ औं महाधिवेशन आउदो मंसिर ९ गतेदेखि १३ गते सम्म काठमाडौंमा हुदै छ ।