‘वडाको नेत्रित्व भने पार्टीलाई बोकेर हिड्ने थलो हो, पुरानो पुस्ता र युवाहरु मिलेर आउनुस्’-सभापति न्यौपाने

| भदौ २३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२३ भदौ,रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानेले नयाँ पुस्ता र पुरानो पुस्ता मिलेर आउन आह्वन गरेका छन् । कांग्रेस रामेछापको ६४ वटै वडाको वडा अधिवेशन आज हुदै छ ।

 

सोही अवसरमा रामेछाप टाइम्ससंगको संक्षिप्त कुराकानीमा सभापति न्यौपानेले “ईतिहासदेखि कांग्रेस थेगेर बसेका साथिहरु र नयाँ युवा साथिहरु मिसिएर आउन, एकले अर्कालाई सम्मान गर्ने सक्ने नेत्रित्व लिएर आउन भने सबै साथिहरुलाई भनेको छु भने ।” 


वडा पार्टी संरचनाको आधारभूत तह भएको उल्लेख गर्दै न्यौपानेले यो पार्टीलाई कुन बाटो हिँडाउने भन्ने मूल ठाउँ रहेको जानकारी दिए ।

 

सभापति न्यौपानेले भने “वडा पार्टी संरचनाको आधारभूत तह मात्र होइन यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि हो।” 


जिल्ला अधिवेशनमा पार्टी सभापति दोहोर्याउने चाहेका न्यौपानेले पार्टीका सम्पूर्ण क्रियाशील सदस्यहरुलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन आह्वन समेत गरेका छन् । 

 

उनले धेरै ठाउँमा सहमितिमै समिति बन्ने कुरा आफूलाई जानकारीमा आएकाले केही ठाउँमा प्रजात्रान्त्रिक प्रक्रिया पूरा हुने पनि उल्ले गरे ।