कांग्रेसको वडा अधिवेशनको परिणाम आउन सुरुः तिल्पुङ्मा बिर कार्कीको सभापतिमा १६ कार्यसमिति गठन

| भदौ २३, २०७८ बुधबार

फोटो नारायण थापाबाट प्राप्त
A A A
A A A

२३ भदौ,रामेछाप । नेपाली कांग्रेस रामेछापको ६४ वटै वडामा आज भैरहेको वडा अधिवेशनको परिणाम आउन थालेको छ । धेरै ठाउँमा सर्वसहमतिमै समिति गठन भएको जानकारी प्राप्त भएको छ । 
आठ वटा स्थानीय तह रहेको रामेछापमा आज एकै दिन कांग्रेसको वडा अधिवेशन भैरहेको छ । 

 


यसैबीच जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ्ग्मा बिर बाहादुर कार्की सभापतिमा चयन भएका छन् ।

 

उपाध्यक्षमा गणेश बोहोरा चयन भएका छन् ।

 

 

त्यस्तै सचिवमा प्रेम थापा र कुमार कार्की सहित १६ कार्यासमिति गठन भएको नेविसंघका युवा नेता नारायण थापाले रामेछाप टाइम्सलाई जानकारी दिए ।