‘शान्ति पूर्ण रुपमा अधिवेशन सकियो, युवा र तन्नेरी मिलेर आउनू भएको छ’- निर्वाचन अधिकृत लुइटेल

| भदौ २३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२३ भदौ,रामेछाप । नेपाली कांग्रेस रामेछापको वडा अधिवेशन शान्ति पूर्ण रुपमा सकिएको छ ।

 

आठ वटा स्थानीय तह रहेको जिल्लामा ६४ वटा वडामा आज बुधबार एकै दिन कांग्रेसको वडा अधिवेशन भएको थियो । 


सोही अधिवेशन अन्तर्गत आज ६१ वटा वडामा सर्बसहमतिमा समिति गठन गरि सकिएको केन्द्रबाट खटिएका निर्वान अधिकृत विष्णु लुइटरलले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने “दोरम्बा गाउँपालिका-२,रामेछाप नगरपालिका-१३ र  सुनापति गाउँपालिका-२ मा बाहेक अन्य सबै वडाहरुमा शान्ति पूर्ण तरिकाले सौहर्द वातावरणमा अधिवेशन सकिएको छ । यी तीन ठाउँमा पनि कतै पहिले मिलेको र पछि फेरी भना-भन लगाएतका साना तीनाकुराले सहमति नहुँदा अहिले मिलाउने काम भैरहेको छ । जिल्लाका नेताहरु पनि मिलाउन लाग्नु भाको छ । सम्भवत आजै मिल्लाउछौं । नभ्याएमा भोली बिहान ८ बजेदेखि यसलाई टुङ्गाउने छौ । लगबग सबै सकिएको छ ।”


११ हजार बढि क्रियाशिल सदस्य रहेको रामेछापमा सबै ठाउँमा युवा शक्ति र पुराना प्रखर नेतृत्व आएको पार्टी प्रवक्ता नाराणय खड्काले रामेछाप टाइम्सलाई बताए ।