लिखु तामाकोशीमा छिमेकीको घरमा पसेर तीन तोला सुन र पैसा चोर्ने तामाङ् चोरेको सामान सहित पक्राउ

| भदौ २३, २०७८ बुधबार

सांकेतिक तस्विर
A A A
A A A

२३ भदौ,रामेछाप । अर्काको घरमा पसेर सुन र पैसा चोर्ने गोपाल तामाङ् चोरी गरेको सामानसहित पक्राउ परेका छन् ।

 

उनलाई जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ३ जैशीटोल स्थित डिलमाया तामाङको घरबाट चोरी भएको सुन र पैसासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 
उनलाई जैशी टोलकी डिलमायाँको घरमा कोही नभएको अवस्थामा घरभित्र रहेको अन्दाजी ३ तोला सुनको गहना र नगद २५ हजार रुपैयाँ चोरी भएको उजुरीको आधारमा खोजतलास गर्दा हराएको सुन र पैसा सहित पालिकाकै धोवीडाँडा रामेछापबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशकर श्रेष्ठले जानकारी दिए । 

 


चोरीको सुन र पैसासहित मंगलबार पक्राउ परेका १९ वर्षीय तामाङलाई रामेछाप जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भईरहेको श्रेष्ठले जानकारी दिए ।