गोकुलगंगामा नाबालिकालाई शौचालय बसिरहेको अवस्थामा जबरजस्ति करणी गर्ने सिन्धुलीका श्रेष्ठ पक्राउ

| भदौ २४, २०७८ बिहिबार

सांकेतिक तस्विर
A A A
A A A

२४ भदौ,रामेछाप । रामेछापको गोकुलगंगामा नाबालिकालाई जबरजस्ती करणी  गर्ने सिन्धुलीका एक पुरुष पक्राउ परेका छन् । 

 

पक्राउ पर्नेमा तिनपाटन गाउँपालिका २ भिमस्थान घर भएका २८ वर्षीय पवन श्रेष्ठ रहेका छन् । 

 

उनले रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ४ कि एक नावालिकालाई शौचालय बसिरहेको अवस्थामा शौचालयमा गएर जबरजस्ति करणी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । शौचालयमा करणी गर्न खोज्दा ती नाबालिका चिच्याए पछि श्रेष्ठ भगेका थिए । 

 

फरार रहेका श्रेष्ठलाई स्थानीयको सहयोगमा अस्थायी प्रहरी चौकी बेतालीबाट खटिएको प्रहरी टोलीले बुधबार राति अन्दाजी ३ बजेको समयमा सोही ठाउँबाट पक्राउ गरिएको जनाएको छ । 

 

पक्राउ परेका श्रेष्ठलाई जवरजस्ती करणी उद्योग कसूरमा  आज बिहिबार जिल्ला अदालत रामेछापबाट दिन १० को म्याद थप गरि अनुसन्धान भईरहेको जनाएको छ ।