मन्थली माविमा घोटला प्रकरणः नगरपालिका भन्छ-‘स्थलगत प्रतिवेदन अक्षरस पालना कार्यारम्भ, मन्थलीनै मावि जिम्मवार छ’

आफ्नो संलग्नता नभएको नगरपालिकाको दाबी

| भदौ २५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२५ भदौ,रामेछाप । रामेछापको मन्थली नगरपालिकामा संचालित मन्थली माध्यामिक विद्यालयभित्र भएको घोटाला प्रकण सार्वजिनक भएपछि (संचार माध्यममा समाचार प्रकाशनरप्रशारण) प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउदै सो प्रकरणमा नगरपालिका स्पष्ट रहेको दाबी गरिएको छ ।

 
शुक्रबार नगरपालिकाले एक ध्यानाकर्षणपत्रमा गर्दै भनेको छ ‘२०७८ असार २३ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्रेषित परिपत्रबाट लेखा परीक्षण, सामाजिक परीक्षण लगायतका कार्यहरुका लागि सम्बन्धित विद्यालय नै जिम्मेवार र जवाफदेही हुने गरी स्वीकृत कार्यक्रमको लागि विनियोजित वजेट सम्बन्धित विद्यालयको खातामा निकासा दिइ बाँकी काम यथाशिघ्र सम्पन्न गराउनु भन्ने प्राप्त निर्देशन बमोजिम २०७८ असार २५ गते अन्तिम किस्ता रकम मन्थली माध्यामिक विद्यालयको खातामा निकासा पठाईएको र सो बजेटबाट भए गरेको सम्पूर्ण निर्माण कार्यको जवाफदेही सम्बन्धित विद्यालय नै रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ,’ जारी पत्रका उल्लेख गरिएको छ । 


बिहिबार विभिन्न संचार माध्यम अनलाईहरुमा मन्थली माविमा घोटला भएको, नमूनामा मावि मन्थलीमा भ्रष्टचारः खाजा भत्तादेखि  विकास निर्माणमा घोटालै घोटाला,मन्थली मावि प्रकरण– प्रतिवेदन लुकाएर पत्रकार सम्मेलन, मन्थली माविको अनियमितमा नगरपालिकाको पर्दा, मन्थली माविमा चरम अनियमितता स् छानबिन प्रतिवेदन लुकाउदै मन्थली नगरपालिका, मन्थली माविमा भद्रगोलै भद्रगोल लगाएतका शिर्षमा समाचार प्रकाशित भएका थिए । 


उक्त समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै नगरपालिकाले घटनामा आफ्नो सरोकार नभएको र मन्थली मावि सबै कुरामा जिम्मेवार रहेको भन्दै पन्छिएको छ । 


त्यस्तै पालिकाले प्रतिवेदनले औल्याएका अनियमितताका विषयमा प्राप्त सुझाव अक्षरशः कार्यान्वयन गरी विवरण पेश गर्ने गरी नगर शिक्षा समितिले निर्णय गरि कार्यारम्भ समेत भई सकेको तर्क अगाडि सारेको छ । 


मन्थली मावि नमूनाको लागि अग्रसर माविमा गनिदै आएको विद्यालय हो । सो विद्यालयमा जिल्लाकै सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । 

 

जिल्ला सदरमुकाम समेत रहेको विद्यालयमा खाजा भत्तादेखि नै अनियमितता गरेको छानविन समितिले पुष्टि गरेको प्रतिवेदन बुझाएको थियो । तर, नगरपालिकाले छानविन समितिले तयार पारेको स्थलगत प्रतिवेदन सार्वजनिक नगरेर पत्रकार सम्मेलनको आयोजना गरि प्रतिवेदनको सारसंक्षेप मात्रै सार्वजनिक गरेको थियो । सो प्रतिविदेनको चौतर्फी बिरोद्ध भैरहेको छ ।

नगरपालिकाले जारी गरेको ध्यानाकर्षण पत्र हेर्नुहोस् जस्ताको तस्तै............ ।