‘देश विकास हुन राजनीतिक परिवर्तन मात्रै भएर हुदैन, सामाजिक परिवर्तन आवश्यक छ’-नगर प्रमुख बस्नेत (भिडिओसहित)

| भदौ २५, २०७८ शुक्रबार

A A A
A A A

२५ भदौ,रामेछाप । रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले देश राजनीतिक रुपमा मात्रै परिवर्तन भएर नहुने बताएका छन् । उनले भने “देश विकास हुन राजनीतिक परिवर्तन मात्रै भएर हुदैन, सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा जबसम्म देश परिवर्तन हुदैन । तब सम्म देश विकास हुन सक्नदैन ।”


मन्थलीमा जेसिज रामेछापको आयोजनामा सुरु भएको क्षेत्र गत ‘ग’ सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले भने “शासन ब्यक्तिको नभई विधिको हुनु पर्ने हो ? अहिले हामीले त्यो गर्न सक्यौकि सकेनौं भन्दै प्रश्न गरे । ”


शासनलाई ब्यक्तिको नभई विधिको बनाउनु अतिनै आवश्यक भएको उनको जिकिर छ ।


उनले मन्थलीमा जेसिजले सम्मेलन गरेको भन्दै जेसिजको प्रशंसा गरेका थिए । 


एकिकृत समाजवादी (एस) का नेता समेत रहेका बस्नेतले समाज परिवर्तन आजको आवश्यकता युवा शक्तिको हातमा भएको उल्लेख गर्दै परिवर्तन र रुपान्तरणको लागि जेसिजले भूमिका खेल्न आग्रह गरे । 


जिल्लाको सदरमुकाम मन्थलीमा नेपाल जेसिजको आयोजनामा जिल्लामै पहिलो पटक क्षेत्रगत सम्मेलन सुरु भएको हो ।


सम्मेलन मन्थलीको फ्रिडक रिसोर्टमा जारी छ । ३५ जिल्लाका जेसिजमा आबद्ध जेसिजहरुको सहभागिता रहेको सम्मेलन भोली शनिबार सम्म चल्ने छ ।