शैलुङ्गमा बनेको भ्यूटावर रामेछापको ‘दोरम्बा शैलुङ्’ लाई हस्तान्तरण गर्यो पर्यटन मन्त्रालयले

| भदौ २५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२५ भदौ,रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका र दोलखा जिल्लाको शैलुङ् गाउँपालिकाको सिमानामा पर्ने शैलुङ्मा निर्माणा गरिएको ‘भ्यूटावर’ दोरम्बा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । 

 


गत सोमबार सस्कृति, पर्यटन तथा उड्यान मन्त्रालय पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र दोरम्बा शैलुङ गाउँपालिकाका प्रमुख कमान सिंह तामाङ (मोक्त्तान)ले सयुक्त हस्ताक्षर गरि निर्माण सम्पन्न भएको तीन तले ‘भ्यूटावर’ हस्तान्तरण गरिएको हो । 

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र दोरम्बा शैलुङ गाउँपालिकाका प्रमुख कमान सिंह तामाङ (मोक्त्तान)ले सयुक्त हस्ताक्षर गर्दै ।

विधिवत् रुपमा रामेछापको दोरम्बा शैलुङ् गाउँपालिकालाई हस्तान्तरण गरिएको भ्यूटावरको संरक्षण तथा उपयोग गर्ने सहमति सहित् प्रदान गरिएको हो ।


लामो समयदेखि सो सम्पदाको कसले संरक्षण, संचालन र उपयोग गर्ने भन्ने विषयमा दोलखाको शैलुङ्ग गाउँपालिका र दोरम्बा गाउँपालिकाबीच विवाद् रहदै आएको थियो ।

हस्तान्तरण गरिएको पत्र हेर्नुहोस्