मन्त्री पौडेललाई पार्टी कार्यालय पुगेरै बधाई दिए कांग्रेस सभापति न्यौपानेले

| भदौ २६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२५ भदौ,रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने एमाले रामेछापका अध्यक्ष समेत रहेका शान्ति पौडेललाई पार्टी कार्यालय पुगेरै बधाई दिएका छन् ।

 

अष्ठलक्ष्मी नेतृत्वको प्रदेश सरकारमा उधोग, वन, पर्यटन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका पौडेल शनिबार जिल्ला आएका थिए । लगत्तै पार्टी कार्यालयमै पुगेर मन्त्री पौडेललाई बधाई दिएको सभापति न्यौपानेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


“रामेछाप जिल्लाले मन्त्री पाउनू हामी, सबैको लागि खुसीको कुरा हो । जिल्लाको विकासमा एउटा इट्टा थपिएको छ, त्यसैले मैले भेट गरेको हुँ सभापति न्यौपानेले भने ।” 

 

भेटमा मन्त्री बनेकोमा शुभकामना दिदै न्यौपानेले जिल्लाको समग्र विकासमा केन्द्रित हुन आग्रह गरेको थिए । भने मन्त्री पोडेलले सभापति न्यौपानेलाई पुःनह जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गरेकोमा अग्रीम शुभकामना दिएका थिए ।