एमाले रामेछापले बधाई दियो मन्त्री पौडेललाई

| भदौ २६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२५ भदौ,रामेछाप । नेकपा (एमाले) रामेछापले मन्त्री बनेर पहिलो पटक जिल्ला आएका आफ्ना अध्यक्ष शान्ति पौडेललाई बधाई दिएको छ ।

 

पौडेल केही दिन अघि बागमती प्रदेश सरकारको उधोग, वन, पर्यटन तथा वातावरण मन्त्री बनेको थिए । मन्त्री बनेपछि पहिलो पटक शनिबार गृह जिल्ला आएका पौडेललाई पार्टी कार्यालय मन्थलीमा आयोजित एक कार्यक्रमकाबीच बधाई दिएको हो । 

 

एमाले रामेछापका अध्यक्ष समेत रहेका पौडेललाई निर्वतमान आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका पार्टीका जिल्ला ईन्चार्ज, केन्द्रिय सदस्य कैलाश ढुङ्गेल, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल, सचिव आनन्द श्रेष्ठ, नेता झम्क कंडेलसहित पार्टीका कार्यक्रर्ताहरुले बधाई तथा शुभकामना दिएको नेता कंडेलले सामाजिक संजालमार्फत जानकारी दिए । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार