रामेछापमा विद्यालय खोल्ने निर्णयः कतै खुले, कतै शिक्षकनै मान्दैनन् विद्याल खोल्न, मन्थलीमा आजदेखि खुल्ने

| भदौ २७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२७ भदौ,रामेछाप । रामेछापमा आजदेखि भौतिक उपस्थितिमा विद्यालय खुल्दै छन् । करिब पाँच महिनादेखि पूर्ण रुपमा बन्द अवस्थामा रहेका विद्यालयहरु आइतबारदेखि खुल्ला हुन लागेका हुन् । विद्यालय खुल्ने भएसंगै विद्यार्थीहरु पनि खुसी देखिन्छन् । विद्यालय खोल्न जिल्ला प्रशासनले पनि अनुमतिप्रदान गरि सकेको छ । विद्यालय खोल्ने सबै जिम्मेवारी प्रशासनले स्थानीय तहलाई दिएको छ । 

जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको आदेश । 

गत बैशाख यता कोरोना भाइरस संक्रमणको दोस्रो लहर तृव गतिमा बढेपछि बन्द गरिएका विद्यालयहरु क्रमशः खुल्न थालेका हुन् । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आज आइतबारदेखि नगरभित्रका सामुदायिक तथा निजी सबै बिद्यालयहरु खुल्ला गर्दै छ । जसमा ११ हजार बढी विद्यार्थीहरु रहेका छन् ।

 

आजदेखि सबै विद्यालय खुल्दै छन् । विद्यालयको भौतिक स्थिति हेरेर स्फट् आलोपालो प्रणाली लगाएतका उपाय अपनाएर खुल्ला गर्ने तयारी पूरा भएको छ नगरका शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकीले रामेछाप टाइम्ससंग भने । नगरले यसअघिने ३१ औं नगरशिक्षा समितिको बैठक बसेर पनि विद्यालय खोल्ने निर्णय गरेको छ । 


त्यस्तै रामेछाप नगरपालिकामा गत  शुक्रबार २५ गतेदेखिनै विद्यालय खुलेका छन् । 


उता गोकुलगंगा गाउँपालिकाले गत भदौ १८ गतेदेखिनै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिसकेको प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद सुवेदीले जानकारी दिए । 
सुनापति गाउँपालिकामा पनि भदौ १८ गतेदेखिनै भौतिक उपस्थितिमै पूर्ण रुपमा पठनपाठन भैरहेको पालिका उपप्रमुख गीता विष्टले रामेछाप टाइम्ससंग बताइन् । उनका अनुसार विद्यालयमा अहिले सौहार्द पूर्ण वातावरणमा पठनपाठन भैरहेको छ । 

 

त्यस्तै दोरम्बा गाउँपालिकाले भने भाइरल ज्वोरोका बिरामी बढेको भन्दै विद्यालय खोल्ने निर्णय गरिनसकेको प्रमुख प्रशासकिय अधिकृत धिरोज मरासीनी ले रामेछाप टाइम्सलाई बताए । उनका अनुसार ज्वरोका बिरामी बढेपछि पालिकाले गरेको परीक्षणमा ६६ जनामा एक जनामा कोरोना देखिएको र बाँकि सबैमा भाइरल ज्वरो देखिएको उनले बताए । सोही अनुसार विद्यालयमा पठन पाठन गर्ने सबै अधिकार विद्यालयका प्रधानध्यापकहरुलाई सुम्पिएको छ । 

 

त्यस्तै जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पनि विद्यालय सिकाई सहजिकरण गर्न विद्यालयहरुलाई निर्देशन गरि सकेको छ ।

लिखु तामाकोशी गाउँपालिकाले जारी गरेको सिकाई सहजिकरण सम्बन्धि सूचना ।

 

 
उता उमाकुण्डा गाउँपालिकामा भने विद्यालय खोल्न शिक्षकहरुको कारण अन्यौलता बढेको देखिएको छ । विद्यालय खोल्न शिक्षकहरु नमानेको पालिका प्रमुख शेरबहादुर सुनुवारले रामेछाप टाइम्ससंग बताए ।

 

“आफूले पहिले देखिनै विद्यालय खोल्न घच्घच्याएपनि शिक्षकहरुले अटेरी गर्दै आएका छन् । अन्नततः खुलेका छैनन् । हाम्रोमा किन खोल्न भन्ने जवाफ दिन थालेका छन् शिक्षकहरु, शिक्षककको भनाई उदृत गर्दै पालिका प्रमुख सुनुवारले भने ।”

 

त्यस्तै खाँडादेवी गाउँपालिकामा भने सम्बन्धित विषयमा बुझ्न खोलेपनि सम्पर्क हुन सकेन ।