अखिल (क्रान्तिकारी) रामेछापले अधिकारीको नेतृत्वमा मन्थली क्याम्पमा ३५ सदस्यिय समिति विस्तार गर्यो

| भदौ २७, २०७८ आइतबार

फोटो सफल दाहाल
A A A
A A A

२७ भदौ,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रको भातृ संस्था अखिल (क्रान्तिकारी) रामेछापले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा समिति गठन गरेको छ ।

 

आइतबार अगुवा विद्यार्थी भेला गर्दै निराज अधिकारी नेतृत्वको अध्यक्षतामा ३५ सदस्य समिति गठन गरेको हो ।  जसमा उपाध्यक्षमा जिवन श्रेष्ठ, मनिता राणा मगर र विपना बोहार चयन भएका छन् ।


त्यस्तै सचिव रचना गिरी, सह सचिवमा राज श्रेष्ठ, किरण खड्का, र निशा गिरी चयन भएका छन् । 


त्यस्तै कोषाध्यक्ष सञ्जिव शेष्ठसहित ३५ सदस्यीय समिति विस्तार गरेको हो  ।


संगठन विस्तारलाई प्राथामिकता दिएको संगठनले केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज समेत रहेका भिष्मराज चौलागाई, नेकपा (माओवादी केन्द्र) रामेछाप जिल्ला सचिवालय सदस्य उद्वव रम्तेल, नेकपा (माओवादी केन्द्र) मन्थली नगरपालिका अध्यक्ष दिपक प्रसाई, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला सह–ईन्चार्ज श्याम कुमार श्रेष्ठ, अखिल (क्रान्तिकारी) रामेछाप जिल्ला संयोजक केशव बस्नेत लगाएको उपस्थितिमा समिति गठन गरेको अनेरास्वियुका नेता सफल दाहालले रामेछाप टाइम्सलाई जानकारी दिए । 

तस्विर सफल दाहालबाट प्राप्त