‘प्रदेशका १३ वटै जिल्लाको विकामा केन्द्रि भएर लाग्छु’- मन्त्री पौडेल (भिडिओसहित)

| भदौ २७, २०७८ आइतबार

A A A
A A A

२७ भदौ,रामेछाप । बागमती प्रदेशका सरकारका उधोग, वन, पर्यटन तथा वातावरण मन्त्री शान्ति प्रसाद् पौडेलले प्रदेशका १३ वटै जिल्लाको विकासमा दत्तचित्त भएर लाग्ने बताएका छन् ।

 

उनले भने “अहिलेको सरकारमा सहभागी भएको छु । प्रदेशका १३ वटै जिल्लाको समग्र विकासमा केन्द्रित भएर लाग्ने छु ।” 


एमाले रामेछापको पार्टी कार्यालयमा पत्रकार भेटघाट गर्दै मन्त्री पौडेलले सबै मिलेर विकासमा लाग्नु पर्ने बताए । एमाले रामेछाको जिल्ला अध्यक्ष समेत रहेका मन्त्री पौडेलले अहिलेको प्रदेश सरकारले बाँकि रहेको पूरै कार्यकाल काम गर्ने बताए ।

 

उनले अल्पमतमा हरेको अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारले बाँकि रहेको कार्यकाल समहाल्ने सम्भावना बढ्दै गएको जानकारी दिए । उनले भने ”राजनीति हो । फेरबदल हुन सक्छ । तर, हामीले बाँकि रहेको पूरै कार्यकाल काम गर्न सक्ने कुरा अगाडि बढि रहेको छ । छलफल हुदैछ ।“

 


अध्यक्ष पौडेलले जिल्लामा एमाले एक ढिक्क रहेको उल्लेख गर्दै पार्टी एक ढिक्क भएको दोहोर्याए ।