‘एमालेबाट गएका साथिहरु माधव नेपालसहित पार्टी एकता गर्न आउनु हुन्छ’- केन्द्रिय सदस्य ढुङ्गेल

| भदौ २७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२७ भदौ,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य कैलाश ढुङ्गेलले एमालेबाट फूटेर गएकाहरु पछि फेरी एमालेमै मिल्न आउने दाबी गरेको छ । 

 

पार्टी कार्यलय रामेछापमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने “सम्भावना के देख्छौ भने सबै पार्टी एकमुस्ट बनेर हामीसंग आउछन् भन्नेर हामी हेक्का राखेका छौँ । रिसको झोकमा जेपनि हुन्छ । आफ्नी आमा भनेको आमानै हो । छिमेकीको आमा राम्रो देख्दैमा आमा भन्न मिल्दैन ।” 

 

माधव नेपाल प्रति संकेत गर्दै केन्द्रिय सदस्य ढुङ्गेलले ‘प्रचण्ड’ संग बस्न विविध कारणले नसक्ने भन्दै माधव नेपालसहित माधव नेपालमा गएका नेताहरु आउने ठाउँ यही हो भने ।