एमाले रामेछापले असोज ६ भित्र सबै पालिका र जनसंगठनहरुको बैठक सकाउनेः ७ गते जिल्ला स्तरिय कार्यकर्ता भेला (विज्ञप्तिसहित)

| भदौ २८, २०७८ सोमबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२८ भदौ,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) रामेछापले असोज ६ गरेभित्र सबै गाउँपालिका संगठन कमिटी र जनसंगठनहरुको बैठक सकाउने भएको छ । 

 

असोज ७ गते जिल्ला स्तरिय अगुवा कार्याकर्ता भेला र जिल्ला कमिटी बैठक बस्ने निर्णय गरेको हो । 


आइतबार बसेको २१ औं पूर्ण बैठकले यस्तो निर्णय गरेको पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । 


साथै एमाले रामेछापले जिल्ला र वडा अधिवेशन पनि गर्ने भएको छ । जसअनुसार आउदो कार्तिक ६ गते जिल्लाका सवै वडा कमिटी र कार्तिक ९ गते सवै पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको हो । 

 


२०७५ जेठ २ अघिकै सांगठनिक संरचना अनुसार एमाले रामेछाप अगाडि बढेको जानकारी दिदै भदौ २९ गते लिखुतामाकोसी गाउँपालिका र खाँडादेवी गाउँपालिकामा पालिका कमिटी बैठक बस्ने जनाएको छ । 


त्यस्तै, असोज २ गते मन्थली नगरपालिका, असोज ३ गते दोरम्बा गाउँपालिका, असोज ४ गते सुनापति गाउँपालिका र रामेछाप नगरपालिका, असोज ५ गते उमाकुण्ड गाउँपालिका, असोज ६ गते गोकुलगंगा गाउँपालिकामा पालिका कमिटीको बैठक राख्ने निर्णय गरेको बताइएको छ । 


जिल्लामा एमाले एक ढिक्का भएकाले भ्रममा नपर्ने आग्रह गरिएको छ । 

विज्ञप्ति हेर्नुहोस्