एमालेलाई माओवादीको प्रश्न–सभामुख पनि राष्ट्रपति भण्डारी जस्तो चाहिएको हो ? ‘कि चुपलागेर संसदीय प्रक्रियामा सहभागी हुने, कि खुरुखुरु राजिनामा गरेर सडकमा जाने’

| भदौ २९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२९ भदौ,रामेछाप । नेपाल कम्युनिष्ट् पार्टी रामेछापका ईन्चार्ज युवराज चौलागाईले एमालेले लगातार संसद् अबरुद्ध गर्नुको औचित्य नरहेको बताएका छन् । 

 


एमालेले आफूले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसद्लाई सभामुख अग्नि सापकोटाले कारबाही नगरेको आरोप लगाउदै संसद् अबरुद्ध पार्दै आएको छ । 


सोही विषयमा सामाजिक संजालमा धारणा लेख्दै एमालेले अबरोध गर्नुको औचित्य नरहेको भन्दै तिखो प्रहार गरेका छन् । उनले भनेका छन् “राष्ट्रपतिलाई औंलाको इशारामा नचाउने एमाले कमरेडहरुले सभामुखको निश्पक्षता माथि प्रश्न उठाएको कत्ति पनि सुहाएन । दल बिभाजन राजनीतिक कुरा हो जसका कानुनी आधारहरु थिए,छन् । त्यो कानुन निर्माणमा संसद र सभामुखको हात थिएन, बरु सरकार र राष्ट्रपतिबाट जारी भएको अध्यादेशबाट बनेको कानुन अनुसार एमाले फुटेको थियो चौलागाईले उल्लेख गरेको छ ।”


उनले सोही कानून अनुसारसंगै विभाजन भएको जसपाका नेताहरु स्वभाविक रुपमै संसदमा गैएको भन्दै एमालेले बिरोध गर्नुको कारण मागेका छन् । 


एमालेले बिरोध गर्नुमा सरकारबाट गलहत्तीमा परेपछि ती दिन सम्झेर संसदबिरुद्ध सिंगौरी खेलेको उनले दाबी गरेका हुन् । 


एमाले रामेछापले सभामुख सभामुख जस्तो नभएर पार्टीको कार्याकर्ता जस्तो भएको आरोप लगाईरहेको बेला माओवादी केन्द्रका नेता चौलगाईले सभामुख बिद्या भण्डारी होइनन् जसले ओलीको आदेश क्षणभरमा तामेल गरुन् भन्दै उल्टै एमालेको धज्जि उडाएका छन् ।

 

उनले लेखेका छन् “अब एमालेको अगाडी दुई बिकल्प छन्–कि चुपलागेर संसदीय प्रक्रियामा सहभागी हुने, कि खुरुखुरु राजिनामा गरेर आफैंले दुई पटक हत्या गरेको संसदबाट निस्केर सडकमा आउने ।”


नेता चौलगाईले एमालेले आत्मघाती र अपरिपक्व निर्णय गर्ने छैन समेत लेखेका छन् ।