‘बालबालिकाको विकास बिना देश विकास सम्भव छैन’- नगरप्रमुख बस्नेत

| भदौ २९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२९ भदौ,रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत मन्थली नगरपालिका बालमैत्री बनाइने बताएका छन । ५७ औं बाल दिवसको अवसरमा आयोजित कार्याक्रमलाई सम्बोधन गर्धै बस्नेतले बालमैत्री नगरपालिकानै आजको आवश्यकता रहेको जोड् दिए । बालबालिका भोलीको राष्ट्रसेवाक भएको भन्दै उनीहरुको विकास बिना नगर, देश विकास हुननसक्ने बताए । 


त्यस्तै उपप्रमुख मायाँ कार्कीले नगरभित्र हुने गरेका बालशोषण, बाल अत्याचार, वालविवह, रोक्न लाग्नु पर्ने बताएकी छन् । उनले नगरभित्र बालबालिकाको हितमा काम गर्न संजाल गठन भएर सक्रिय रहेको उल्लेख गर्दै सो संजालले बालबालिकाको हितमा काम गर्न सक्नु पर्नेमा जोड् दिइन् । उनले बाल दिवसको अवसरमा बालबालिकाले प्रस्तुत् गरेका विषय वस्तुको प्रशंसा गरिन्  । बालबालिकालाई केन्द्रमा राखेर जचेतना मूलक कार्याक्रम गर्ने वृद्धि गर्नु पर्नेमा उनले जोड्  दिइन् । 

 

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले कोरोनाको महामारी कायमै रहेकाले संकेतिक रुपमा मात्रै मनाउने तयारी गरेको बाल दिवसको अवसरमा १४ वटै वडाबाट ११ जना बालबालिका कार्यक्रममा सहभागी भएको उल्लेख गरे । उनले बालबालिकाहरुको क्षमता विकासमा अझै धेरै काम गर्नु पर्ने बताए । बालबालिकाहरुले प्रयास राम्रो भएपनि उल्लेख्य प्रगती नदेखिएकाले विद्यालमा विद्यार्थीहरुले बोल्नको लागि विशेष पहल गर्ने आग्रह गरे । आफूले गर्ने सबै कुरामा मौलिकता दिन कोसीस् गर्ने आग्रह गर्दै आगामी दिनमा विद्यालमा विद्यार्थीको क्षेमता विकामा ध्यान पुर्याउन प्रमुख प्रशासकिय अधिकृत पौडेलले आग्रह गरे ।

 
नगरपालिकाले बाल दिवसको अवसरमा विभिन्न जनचेतना मूलक प्लेकार्डसहित र्याली प्रर्दशन गरेको थियो । त्यस्तै वक्तितोकला प्रतियोगिता समेत आयोजान गरेको थियो ।