काठमाडौंबाट ओखलढुङ्गा जादै गरेको बोलेरो मन्थलीमा भिरबाट खस्योः एक महिलासहित तीन जनाको मृत्यु, एक बालक गम्भिर घाइते

| भदौ ३१, २०७८ बिहिबार

दुर्घटना भएको स्थान । तस्विर रामेछाप सहयोगी मन रासम
A A A
A A A

३१ भदौ,रामेछाप । रामेछापकाे मन्थली नगरपालिका वडा नं १ कुनाैरी,बाेक्सेको भिरमाबाट बोलेर खसेको छ ।  दुर्घटनामा एक महिला सहित तीन जनाकाे मृत्यु भएको छ । भने एक बालक गम्भीर घाइते भएका छन् ।

 

उनको परिचय खुलेको छ । गम्भिर घाइते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

मृतक तीन जनाको परिचय खुलेको छैन् ।  बोलेरो खुर्कोट-मन्थली सडकखण्डको हात्तिटार (बोक्से) भिरबाट तामाकोशी नदीमा खसेको छ । 

 

काठमाडौंबाट ओखल्ढुङ्गा तर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३ च ३५१३ सामान बोक्ने बोलेर दुर्घटनमा परेको हो । 


 

दुर्घटनामा ज्यान गुमाउनेहरुको अवस्था निकै  भएनक प्रकारको भएको बताइएको छ ।

 

'मृकहरुको कसैको टाउकै छैन । कसैको गिदी छैन् दुर्घटना भयानक छ । दयानिय छ । काहाली लाग्दो छ, दुर्घटना स्थलबाट श्रेष्ठले जानकारी गराए । 

 

अहिले दुर्घटना स्थालमा प्रहरी स्थानीय र रामेछाप सहयोगी मन रासमको टोली उद्धारको गरि रहेको रासम सदस्य बिपिन भट्टराईले रामेछाप टाइम्ससंग बताए ।