बोलेरो दुर्घटना अपडेटः गम्भिर घाइते बालकलाई काठमाडौं लगियो (फोटोफिचर)

| भदौ ३१, २०७८ बिहिबार

फोटो सबै बिपिन भट्टराईबाट साभार
A A A
A A A

३१ भदौ,रामेछाप । काठमाडौंबाट ओखलढुङ्गा तर्फ जादै गरेको बोलेरो दुर्घटनामा परि गम्भिर घाइते बालकलाई काठमाडौं लागिएको छ । प्रदेश ३-०१-०२३ च ३५१३ नम्बरको बोलेरो रामेछापको मन्थलीस्थित् बोक्सेको भिरबाट खसेको थियो । 

 

उक्त दुर्घटनामा परि एक महिला सहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते १२ वर्षीय बालक दावा शेर्पालाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं लागिएको घटना स्थालबाट रामेछाप सहयोगी मन (रासम) का सदस्य बिपिन भट्टराईले रामेछाप टाइम्सलाई जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परि गम्भिर घाइते भएका ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका घर भएका पेम्बा शेर्पाको टाउकोमा ठाउँ-ठाउँमा गम्भिर चोट लागेका कारण उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको हो । 

 

उनलाई मन्थली नगरपालिकाको एम्बुलेन्समा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रतिनिधिको साथमा काठमाडौं पठाइएको छ । उनका अनुसार मृतक तीन जनाको परिचय हाल सम्म पनि खुलेको छैन्। 


बोलेरो के कारणले दुर्घटना भएको खुलेको छैन् । 

सम्बन्धित समाचार-काठमाडौंबाट ओखलढुङ्गा जादै गरेको बोलेरो मन्थलीमा भिरबाट खस्योः एक महिलासहित तीन जनाको मृत्यु, एक बालक गम्भिर घाइते

घाइते दावा शेर्पाको तामाकोशी अस्पतालको उपचार विवरण