बोलेरो दुर्घटना अपडेटः ज्यान गुमाउनेमा श्रिमान-श्रीमती र गाडी धनी,परिचय खुल्यो

| भदौ ३१, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

३१ भदौ,रामेछाप । आज बिहाना मन्थलीमा भएको दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको परिचय खुलेको छ ।

 

दुर्घटनामा एकै परिवारका दुई जनाको ज्यान एको पुष्टि भएको छ । १० वर्षका बालक गम्भिर घाइते भएका छन् । उनलाई काठमाडौं लागिएको छ । 

 


ज्यान गुमाउनेमा श्रिमान-श्रीमती समेत रहेका छन् ।

 

दुर्घटनामा खिजीदेम्बा गाउँपालिका वडा नं ६ खिजीफलाटेका ३५ वर्षीय श्रीमान लाक्पा शेर्पा, अन्दाजी ३०/३१ वर्षीय श्रीमती फूर्वा शेर्पा र गाडी धनी ३६ वर्षीय वाङ्छु शेर्पा रहेका छन् । 

 

काठमाडौंबाट ओखलढुङ्गा आउदै गरेको ३–०१–०२३–च–३५१३ को बोलेरो जिप मन्थलीस्थित हात्ति टारको बोक्सेको भिरबाट खसेको थियो । 
 

मृतक तीनै जनाको शव अहिले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रिशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।