सालकको खपटासहित बिजुलीकोटका दुई तामाङ् मन्थलीबाट पक्राउ

| भदौ ३१, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

३१ भदौ,रामेछाप । सालकको खपटासहित रामेछापका दुई जना पक्राउ परेका परेका छन् । पक्राउ पर्नेमा लिखु तामाकोशी गाँउपालिका-३ बिजुलीकोटका ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् ।

 


उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूररोले संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) सहित मन्थली नगरपालिका-१ देवकोटा चोकबाट पक्राउ गरेको जनाएको छ । 


मन्थली एरियाबाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा व्यूरो तथा जिल्ला प्रहरी कार्यालय, रामेछापबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको हो । 

 


प्रहरीले उनीहरुको साथबाट २५ केजी तौल बराबरको संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) बरामद गरेको छ ।

 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहे‍को प्रहरीले जनाएको छ ।