आज ७ औं संविधान दिवसः रामेछापमा मैत्रीपूर्ण फुटबल खेल हुदै

| असोज ३, २०७८ आइतबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

३ असोज,रामेछाप । आज नेपालको ७ औं संविधान दिवस । देशैभरि विभिन्न कार्यक्रम आयोजना गरि मनाईदै छ ।  दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित देशका शिर्ष तहमा रहेका सबैले शुभकामान प्रदान गरेका छन् । यसै अवसरमा रामेछापमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको छ । 

 


रामेछाप जिल्ला फुटबल संघ रामेछापको आयोजना र वातावरण परियोजना रामेछापको सहयोगमा आज संविधानको सम्मानका लागि फुटबल खेल आयोजना गरेको शनिबार साँझ पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको छ । 

 

खेलमा चार टिमको सहभागिता हुने आयोजकले जनाएको छ । जसमा कर्मचारी मिलन केन्द्र रामेछाप, नेपाल पत्रकार महासंघ रामेछाप, उधोग वाणिज्य संघ रामेछाप र गैरसरकारी महासंघ रामेछापको सहभागिता रहने बताइएको छ । 

 

खेल बिहान ८ बजेदेखि आकाशे खेल मैदानमा हुने संघका अध्यक्ष सुन्दर घिमिरेले जानकारी दिए । 

 


उनका अनुसार खेलमा प्रथम र द्वतिय हुनेलाई पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष घिमिरेले बताए । 


 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार