मन्थली आकाशेमा दुई मोटरसाइल एक आपसमा ठोक्किए

| असोज ४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

४ असोज,रामेछाप । रामेछापको मन्थलीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । 

 

मन्थली बजारबाट आकाशे जाँदै गरेको बा ९७ प ८४६० मोटरसाइकल र लु १३ प ८७३८ एफ् जेट आकाशेबाट मन्थली बजार आउदै गर्दा एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख विकल भट्टराईले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार एफ् जेट मोटरसाइकलका चालक मोटरसाइकल छाडेर फरार भएका छन् । 'मोटरसाइकल ठोक्किएको छ । दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्  भने ।'

 


मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल छाडेर फरार भएको उनले बताए । मोटरसाइकल  ट्राफिक प्रहरीले नियन्तणमा लिएको छ । दुर्घटनामा घाइते भएका एकलाई प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचार भैरहेको र थप उपचारको लागि तामाकोशी अस्पतालमा ल्याउने तयारी भैरहेको उनले बताए ।