एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने भन्दै रामेछाप अनेरास्ववियु क्रान्तिकारीले बुझायो प्रशासनमार्फत प्रधानमन्त्रीसहितलाई ध्यानाकर्षण पत्र

| असोज ५, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

५ असोज,रामेछाप । अनेरास्ववियु क्रन्तिकारी रामेछापले अमेरिकी परीयोजना (एमसीसी) पास गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएको छ ।

 

एमसीसी कुनै पनि हालमा पास गराउन नहुने भन्दै जिल्ला प्रशासन कार्यलय रामेछापमार्फत प्रधानमन्त्री कार्यालय तथा राजनीति दलका केन्द्रिय अध्यक्षहरुलाई समेत ध्यानाकर्षण पत्र बुझाएको छ । 

 


“एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथि कयौं प्रश्न उठाएको, एमसीसी सम्झौता राष्ट्रहित बिपरित गरिएको भन्दै कुनै हालतमा पास गर्न नहुने अनेरास्ववियुले जारी गरेको ध्यानाकर्षण पत्रमा लेखिएको छ ।”

 

एमसीसी परियोजना इन्डोप्यासिकिअंग भएको,  राजनितिक अङ्ग हो भनेर बारबार अभिब्यक्तहरु दिरहेको पनि उसले स्मरण गरिएको छ ।

 

अनेरास्ववियुका नेता सफल दाहालले रामेछाप टाइम्ससंगै भने नेपालको राजनीतिक दलहरुलाई दबाब दि(दि बिदेशी सहयोग दिनूले धेरै शंकाउपशंकाहरु जन्मिएको छ । 


एमसीसी परियोजनाको विरुद्धमा देशमा ठूलो जनमत रहेको र सम्पूर्ण देशभत शन्ततिहरु निरन्तर संघर्षमा रहेको कुरा उल्लेख गर्दै पनि गरेको छ ।

 

‘एमसीसी परियोजना देशको अखण्डता, स्वाधिनता,सार्वभौमसत्ता माथि धावाबोल्ने छ जारी ध्यानाकर्षण पत्रमा लेखिएको छ ।’