गोठगाउँमा पहिरोले एक घर बगायोः आधादर्जन् घर पहिरोको उच्च जोखिममा

| असोज ६, २०७८ बुधबार

सांकेतिक तस्विर
A A A
A A A

६ असोज,रामेछाप । रामेछाप गोठगाउँमा अबिरल वर्षासंगै खसेको पहिरोले एक घर बगाएको छ । दुई घरमापूर्ण क्षेती पुगेको छ । 

 


गएराति ९ बजेको समयमा घरमाथिको सडकबाट बगेर आएको पहिरोले रामेछाप नगरपालिका वडा नं १ स्थित् बाउनटोलको तीन घरमा क्षेती पुर्याएको लिखु तामाकोशी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष यमबहादुर महतले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

“मानवीय क्षेती हुन पाएन, रोडबाट बगेर आएको पहिरोले एक घर बगायो, दुई घरमाथि रुख, बाँससहितको पहिरोले थिचेको छ महतले भने ।”

 

उनका अनुसार स्थानीय ददिराम सापकोटा, केशवराज सापकोटा, चिरन्जिवी सापकोटा, वद्री सापकोटा र पाण्डव सापकोटाको घर पहिरोको उच्च जोखिममा परेको छ । 


पानी परिरहेकाले थप समस्या देखिएको उनले बताए । 

 


जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटना स्थल तर्फ जादै गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशकर श्रेष्ठले रामेछाप टाइम्सलाई बताए ।