“महिनावारी राष्ट्रलाई किन भारी” भन्दै देशब्यापी निःशुल्क प्याड वितरण अभियान

| असोज ८, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

८ असोज,रामेछाप । युग वृद्ध नेपालले नेपालमै पहिलो पकट निस्शुल्क सेनिटरी प्याड वितरण अभियानमा संचालनमा ल्याएको छ ।

 

सम्पूर्ण नारीहरुलाई सम्मान गर्दै अब नेपालमा निस्शुल्क परिवारनियोजन साधन मात्र नभई महिलाहरुका लागि निस्शुल्क रुपमा सेनटरी प्याड उपलब्ध गर्न नेपाल सरकारलाई आग्रहसहित युग वृद्धले अभियान सुरु गरेको छ, कार्यक्रम संयोजक दिनेश कार्कीले रामेछाप टाइम्ससंग भने । 

 

युग वृद्धका अध्यक्ष नारायण शर्मासहित उपाध्यक्ष दान सिंह धामी, सचिव आरती रिजाल, कोषाध्यक्ष सुदिपबाबु बस्नेत, सहितसदस्यहरु दिनेश कार्की,सुभम कर्ण, भोजराज भट्ट, हरि खड्का, खुश्वु साउँदको टोलीले अभियान सुरु गरेको उनले बताए । 


नेपाल भरिनै यो अभियानको रुपमा सुरु गरेको उनले सुनाए । 


’‘महिनावारी राष्ट्रलाई किन भारी” भन्ने मूल नाराका साथ अभियान अगाडि बढाएको उनले जानकारी दिए ।


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार