रामेछापमा चोरीका चरणबद्ध घटनाः चारजनाको गिरोह पक्राउपछि सार्वजनिक, यस्तो छ रहस्य (पूर्णपाठ)

| असोज ८, २०७८ शुक्रबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

८ असोज,रामेछाप । रामेछापमा लुटपाट गर्ने एक गीरोह पक्राउ परेका छन् । उनीहरुले जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ जामुने चन्द्रबहादुर बुढाथोकीको घरमा लुटपाट गरेका थिए । घरमा  बुढाथोकीकी ४१ वर्षीय श्रीमती सुनिता र दुई छोरीहरु बसिरहेको अवस्थामा घरभित्र जबरजस्ति पसेर चार जनाको समूहमा पुगेका गीरोहले त भदौ ३१ गते लुट्पाट गरि फरार भएका थिए । 

 

लुटपाट गर्नेमा गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु बस्ने अन्दाजी ३३ वर्षीय को ‘ठुला’ भन्ने मिलन तामाङ, २६ वर्षीय को ‘राहुल’भनिने लाल बहादुर तामाङ, ३४ वर्षीय  ‘जंगे’ भन्ने आकाश तामाङ र ‘आशिष’ भनिने भुमिराज तामाङ रहेका छन् । 

 

शुक्रबार जिल्ला प्रहरी कार्यालय रामेछापका पत्रकार सम्मेलन गरि पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । उनीहरु छुट्टाछुटै ठाउँबाट पक्राउ परेका हुन् । ठुला फर्पूबाट, राहुल मन्थलीबाट, जंगे र आशिष काठमाण्डौबाट पक्राउ परेका हुन् । 

“टाउको र मुखमा रुमाल बाँधी आएका तत्काल अपरिचित रहेका ४ जना व्यक्तिहरु, एक जनाले भरुवा बन्दुक र अन्य तीन जनाले धारीलो हतियार छुरी र लौरो समेत बोकेका, एक्कासी आई डर त्रास देखाई तीन आमाछोरीलाई घर भित्र एकै स्थानमा राखी लौरो र भरुवा बन्दुकको कुन्दा समेतले पटक पटक प्रहार गरि लुटपाट गरेको देखिएको छ पत्रकार सम्मेलनमा प्रहरी प्रमुख नवराज ढुङ्गानाले भने ।” 

 

गिरोहको कुटाईबाट तीनआमा छोरी घाईते भएका थिए । उनीहरुको धुलीखेल अस्पतामा उपचार भैहेको जानकारी दिएको छ । 

 

कुकुटपीट गरि घरभित्र जबरजस्ती पसेर उनीहरुले सुनका गरगहना र नगद पैसा समेत लुटेका थिए । लुटेर उनीहरु फरार भएपछि करिब ८ दिनपछि चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । उनीहरुलाई स्थानीयहरुको मद्तमा पक्राउ गर्ने सफल भएको डिएसपी ढुङ्गानाले बताए । उनले भने अपराध गर्नेहरुले सुराकि छाडेका थिएनन् । बढो गम्भीर केस बनेको थियो । तर, स्थानीयहरुको मदतले हामी पक्राउ गर्ने सफल भयौं । उनीहरुलाई पक्राउ गरि अनुसन्धान् गर्दा अपराध स्वीकार गरेका छन् । 


जिल्लामा पछिल्लो समयमा चरणबद्ध रुपमा चोरीका घटनाहरु हुदै आएका छन् । 


पक्राउ परेकाहरु चारै जनाको अनुसन्धान शुक्रबार जिल्ला अदालत रामेछापबाट ७ दिनको म्याद् थपेर सुरु गरेकाले जिल्लामा भएका अन्य घटनामा पनि संलग्नता भएको हुन सक्ने बारे थप अनुसन्धान् भैरहेको छ । 

(पूर्णपाठ) चोरीका सामान निम्नअनुसार छन् हेर्नुहोस् ।