रामेछापमा एकिकृत समाजवादी पार्टीको पार्टी कार्यालय संचालनमाः जिल्ला कमिटी बैठकको तयारी पूरा

| असोज ९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

९ असोज, रामेछाप । नेकपा (एकिकृत समाजवादी) पार्टी (एस) ले जिल्लामा कार्यालय संचालनमा ल्याएको छ । एमालेबाट विभाजित् भएर बनेको एसले जिल्लामा पहिलो पकट कार्यालय संचालनमा ल्याएको हो । सदरमुकाम मन्थलीस्थित् कटहरकोबोट नजिकै भाडाको घरमा कोठा लिएर पार्टी कार्यालय संचालन ल्याएको हो । संगठन विस्तारलाई अघि बढाएको एसको जिल्लाबाट एक जना केन्द्रिय सदस्य समेत छन्, पूर्वसांसद् देवशंकर पौडेल । 


पार्टी कार्यालय संचालमा आएसंगै जिल्लामा संगठन विस्तार पनि एसले अगाडि बढाएको छ । 


एमालेबाट फूटेर एस बन्दा जिल्लामा न्यून जनप्रतिनिधिहरुले मात्रै एस रोजेका छन् । जसमा एक जना नगरप्रमुख र एक जना वडा अध्यक्ष छन । त्यस्तै तीन जना कार्यापालिका सदस्याहरु छन् । जसमा मन्थली नगर प्रमुख रमेश कुमार बस्नेत, गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीका वडा अध्यक्ष बलराम खड्का हुन् । 

 


त्यस्तै मन्थली नगरपालिका वडा नं १२ का वडा सदस्यहरु लिलाबहादुर बुढा,उमेश कार्की र लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ्गकी दलित वडा  सदस्य भीममायाँ सार्कीले एकिकृत समाजवादी पार्टीमा रोजेका छन् । 


शनिबार पार्टी कार्यालय संचालनमा ल्याइएसंगै जिल्लामा संगठन विस्तारको लागि एसका केन्द्रीय सदस्य केदार न्यौपाने सहितको टोली जिल्ला आइसकेको छ । 


शनिबार आजनै हुने वृहत कार्याकर्ता भेलाले जिल्ला कमिटी गठन गर्ने तयारी छ । त्यसको लागि नेताहरु आन्तरिक छलफलमा समेत जुटि सकेका छन् । जिल्ला कमिटी विस्तारको लागि मन्थली स्थित सामुदायिक हलमा वृहत कार्याक्रमको तयारी पूरा भएको एसका नेता नविन कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 


उनका अनुसार समितिलाई पूर्णता दिनको लागि केन्द्रबाट केन्द्रिय सदस्य एवं बागमती प्रदेश इन्चार्ज, केदार न्यौपाने, एसका केन्द्रिय प्रतिनिधि सभा सदस्यय कृष्ण कुमार श्रेष्ठ (किसान), केन्द्रिय सदस्यद्वय सावित्रा भुसाल र नेरश साही समेत जिल्ला आइसकेको ।